होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • केपीले भने रुख रोपेपछी आफ्नै सन्तान सरी माया पनि दिने गरौ !
राजनीति

केपीले भने रुख रोपेपछी आफ्नै सन्तान सरी माया पनि दिने गरौ !

  • नागरिक रैबार
केपीले भने रुख रोपेपछी आफ्नै सन्तान सरी माया पनि दिने गरौ !

प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ’ गर्दै उहाँले भन्नुभयो, “हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।” उहाँले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा शनिबार कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भपछि बिरुवामा पानी सिन्चन गर्दै । तस्बिर ः रोशन सापकोटा
सोही अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नुभएको थियो । सरकारले यस वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने भएको छ । उहाँले वृक्षरोपण दिवस सरकारको मात्र नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको बताउनुभयो । “यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर बिरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनुपर्ने बताउनुभयो । आउने आर्थिक वर्षमा बढीमा पाँच करोड बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन गर्नका लागि बिरुवा रोपिएको बताउनुभयो । उहाँले शहरको र्सौन्दर्य र धुलोधुवाँ, प्रदूषणलाई नियन्त्रण गर्न सडक किनारामा रोपिएका बिरुवाले सहयोग पु¥याउने बताउनुभयो । उहाँका अनुसार अझै पनि ३१७ स्थानीय तह वनरहित रहेकाले ती स्थानीय तहलाई यसै आर्थिक वर्षमा हराभरा बनाइने बताउनुभयो । सरकारले उक्त दिवसका अवसरमा कोटेश्वरदेखि कलङ्कीसम्म आजदेखि वृक्षरोपणको शुरुवात गरेको छ । 
आगामी आर्थिक वर्षसम्म करीब दुई हजार ७०० बिरुवा रोपिने वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले रोपिएका बिरुवा महानगरपालिका, वडा कार्यालय र आफ्नो घर अगाडि रहेका बिरुवालाई सम्बन्धित स्थानीयवासीले संरक्षण गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रीगणले समेत बिरुवा रोप्नु भएको थियो । कोटेश्वर–कलङ्की सडकखण्डमा जिन्को वाइलोवा, असारे फूल, जाकारण्डा, कल्की, तेजपात, कपुर, राजवृक्ष, पैँयुलगायत बिरुवा रोपिने विभागका उपमहानिर्देशक केसीले जानकारी दिनुभयो । युवा सङ्घद्धारा आठ सय वृक्षरोपण यसैगरी युवा सङ्घ नेपालले करीब आठ सय वृक्षरोपण गरेको छ ।

सङ्घका संयोजक रामप्रसाद सापकोटाले ललितपुरको एकान्तकुनामा तीनजना सङ्घका सदस्यले वृक्षरोपण गरेको जानकारी गराउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ’ गर्दै उहाँले भन्नुभयो, “हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ ।

अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।” उहाँले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नुभएको थियो । सरकारले यस वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने भएको छ । उहाँले वृक्षरोपण दिवस सरकारको मात्र नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको बताउनुभयो । “यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए ।

त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर बिरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनुपर्ने बताउनुभयो । आउने आर्थिक वर्षमा बढीमा पाँच करोड बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन गर्नका लागि बिरुवा रोपिएको बताउनुभयो ।

उहाँले शहरको र्सौन्दर्य र धुलोधुवाँ, प्रदूषणलाई नियन्त्रण गर्न सडक किनारामा रोपिएका बिरुवाले सहयोग पु¥याउने बताउनुभयो । उहाँका अनुसार अझै पनि ३१७ स्थानीय तह वनरहित रहेकाले ती स्थानीय तहलाई यसै आर्थिक वर्षमा हराभरा बनाइने बताउनुभयो । सरकारले उक्त दिवसका अवसरमा कोटेश्वरदेखि कलङ्कीसम्म आजदेखि वृक्षरोपणको शुरुवात गरेको छ । आगामी आर्थिक वर्षसम्म करीब दुई हजार ७०० बिरुवा रोपिने वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँले रोपिएका बिरुवा महानगरपालिका, वडा कार्यालय र आफ्नो घर अगाडि रहेका बिरुवालाई सम्बन्धित स्थानीयवासीले संरक्षण गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रीगणले समेत बिरुवा रोप्नु भएको थियो ।

कोटेश्वर–कलङ्की सडकखण्डमा जिन्को वाइलोवा, असारे फूल, जाकारण्डा, कल्की, तेजपात, कपुर, राजवृक्ष, पैँयुलगायत बिरुवा रोपिने विभागका उपमहानिर्देशक केसीले जानकारी दिनुभयो । युवा सङ्घद्धारा आठ सय वृक्षरोपण यसैगरी युवा सङ्घ नेपालले करीब आठ सय वृक्षरोपण गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटाले ललितपुरको एकान्तकुनामा तीनजना सङ्घका सदस्यले वृक्षरोपण गरेको जानकारी गराउनुभयो ।रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि