होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने
खेलकुद

सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

  • नागरिक रैबार
सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।

बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विश्वकर्माले मंसिर १५ गते ९आइतबार साँझ ५ बजे सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम रहेको बताए ।

विज्ञापन

सागको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए । उनले सागको व्यवस्थापन र खेलकुद सञ्चालनसम्बन्धी सबै तयारी पूरा भएको बताए ।

साग काठमाडौं र पोखरासँगै जनकपुरमा सञ्चालन हुँदैछ । काठमाडौंबाट हुने उद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता हुने मन्त्री विश्वकर्माले बताए । दश दिनसम्म चल्ने सागमा ७ देशका ३ हजार खेलाडीबीच २६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार