होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राजेश कुमारलाई सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको अवार्ड
Breaking News

राजेश कुमारलाई सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको अवार्ड

  • नागरिक रैबार
राजेश कुमारलाई सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको अवार्ड

मदन विक/बाजुरा ११ भदौ। नजिकिदै गरेको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड २०७६ मा बाजुराका राजेश कुमारलाई सवोत्कृष्ट भिडियो सम्पादकको विधामा अवार्ड प्रदान गरिएको छ ।

Image may contain: 2 people, people smiling
प्राईम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालिको व्यवस्थापनमा बुधबार काठमाण्डौंमा सम्पन्न भएको उक्त अवार्डमा राजेश कुमारलाई “माईतिमा जाउँ कसरी जाउँ” बोलको तीज गीतबाट सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको अवार्ड प्रदान गरिएको हो ।

Image may contain: 7 people, people smiling, people standing
तीज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा र सर्जकले उत्साहित हुने मौका पाउन् भन्ने उद्धेश्यका साथ पहिलो पटक प्राइम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालीले तीज अवार्ड २०७६ को आयोजना गरेको थियो ।

विज्ञापन

Image may contain: 3 people, people smiling, people standing
जसमा हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहनेगरि आयोजना गरिएको ‘प्राइम टाइम्स तिज महोत्सव २०७६ सर्वोत्कृष्ट तीज म्युजिक भिडियो सम्पादकमा राजेशले अन्य ४ जना प्रतिष्पर्दीसंग प्रतिष्पर्दा गरेका थिए ।

Image may contain: 5 people, people smiling, people standing, wedding and outdoor
गत साउन महिनामा काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय साधना म्युजिक अवार्ड राजेशको हातमा रुँदै–रुँदै बसे बोलको लोकदोहरी गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो नव सम्पादको अवार्ड विक प्राप्त भएको थियो । बाजुराको बडीमालिका नगरपालिका वडा नंंं. ७ सिराडीमा जन्मेका २२ वर्षिय राजेश गीत संगितमा आफ्नो भविष्य खोज्न ३ वर्ष अघि काठमाण्डौ गएका थिए । राजेशले ३ वर्षको अवधिमा करिब ४ सय बढी म्युजिक भिडियोहरु सम्पादन गरिसकेका छन् ।
राजेश कुमारलाई सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको अवार्ड प्रदान गरिएको गीत हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २0 घन्टा अगाडि