होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि, यस्ता छन् आचार संहिता
राजनीति

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि, यस्ता छन् आचार संहिता

  • नागरिक रैबार
उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि, यस्ता छन् आचार संहिता

काठमाडौं । शनिवार ३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने आज राति १२ बजे सम्म मात्र हो ।

मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका कुनै पनि गतिविधि सञ्चालन गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।

आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि एक लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

विज्ञापन

दलका उम्मेदवारहरु मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । आयोगका प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘मौन अवधिमा उम्मेदवार मौन बस्छन्, उनीहरुले भोट माग्ने, घरदैलो गर्ने, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । मतदाताले यो संयमतासहित मताधिकार प्रयोगका लागि सोच्ने बेला हो यो समय।’

मौन अवधि उम्मेदवार तथा दलहरुलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ । यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ ।

पछिल्लो समय प्रचार प्रसारको माध्यमसमेत बन्दै आएको सामाजिक सञ्जाललाई पनि आयोगले निगरानी गर्दैछ ।

आयोगअन्तर्गतको मिडिया अनुगमन एकाइले सामाजिक सञ्जालमा मौनअवधि उल्लङ्घन भए– नभएको अनुगमन गर्नेछ । मौनअवधि उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने आयोगले प्रष्ट पारेको छ ।

प्रदेशसभा तर्फ ३ र प्रतिनिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यी सबै क्षेत्रका उम्मेदवारहरुलाई आचार संहिता लागू हुन्छ । उपनिर्वाचनको चुनावी प्रचारका क्रममा दर्जनभन्दा बढी आचार संहिता उल्लङ्घनको उजुरी परेको र त्यसको सम्बोधन गरेको प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

यस्ता छन् पालना गर्नुपर्ने आचार संहिता

उम्मेदवारले घरदैलो कार्यक्रम, सभा सम्मेलन तथा भोट माग्नु हुँदैन ।
कुनै पनि माध्यबाट चुनावी प्रचार प्रसार गर्नु हुँदैन ।
कुनै छापा तथा विद्युतीय सञ्चार माध्यममा अन्तरवार्ता, विज्ञापन तथा प्रचार सामग्री प्रकाशन गर्न पाइँदैन ।
मतदाता लक्षित भोज भतेर गर्न पाइँदैन ।
सामाजिक सञ्जाल, मोबाइल एसएमएसबाट चुनाव प्रचार तथा भोट माग्न पाइँदैन ।
मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका चुनावी प्रचार सामग्री हटाउनुपर्छ ।
सञ्चार माध्यमले पनि कुनै उम्मेदवार लक्षित समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्नु हुँदैन ।

३५ जिल्लाका ५२ पदका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री पठाइसकेको छ । आजसम्म सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसक्ने आयोगले जनाएको छ ।

स्थानीय तहका ४८, प्रदेश सभाका ३ र प्रतिनिधि सभाको १ स्थानका चुनावका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र राखिएको छ । स्थानीय तहका लागि २ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभा र प्रतिनिधिसभाको चुनावका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि