होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अब रवि लामिछाने राजनीतिमा प्रवेश गर्ने घोषणा
राजनीति

अब रवि लामिछाने राजनीतिमा प्रवेश गर्ने घोषणा

  • नागरिक रैबार
अब रवि लामिछाने राजनीतिमा प्रवेश गर्ने घोषणा

चितवन, शालिकराम पुडासैनी प्रकरणमा धरौटी बुझाएर रिहा भएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने बताएका छन् ।मिडियाबाट परिवर्तन गर्न नसके राजनीतिमा पनि प्रवेश गर्ने उनको आशय थियो ।

आज बिहान आयोजना गरिएको पत्रकार भेटघाटमा सोधिएको एक प्रश्नमा रविले राजनीतिमा आउन सक्ने बताए ।जनताले रविलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई कसरी लिनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले संकेत देखाएका हुन् । उनले राजनीतीमा जानका लागि आफुले अहिले चुकुल लगाएको तर ताला भने नलागएको बताएका छन् । उनले अहिले तत्काल राजनीतिमा आउँने भन्दा पनि अहिले भएका नेताहरु र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा आफु भएको बताए ।

उनले जनताको भोट लिएर आएका नेताहरुले आफ्नो धरातल बिर्सन नहुने भन्दै आफुले सञ्चारक्षेत्रबाट त्यो काम गर्ने बताएका छन् । आफु अब अझ थप बलियो भएर आउँने उनले बताएका छन् । उनले आफुले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरुलाई आरोप प्रमाणित गर्न उनले माग गरेका छन् ।

विज्ञापन

आजको दिनमा आफु सत्य, तथ्य र निष्पक्ष बाटोमा भएको भन्दै कसैसँग व्यक्तिगत रिसीबी नभएको जिकिर गरेका छन् । आफुले प्रदर्शनका क्रममा हिरासतमा भएका व्यक्तिहरुलाई भेट गरेको उनले जानकारी दिएका छन् । कार्यक्रममा सिधा कुरा जनतासँगका उत्पादक दिपक बोहरा र अर्का पत्रकार युवराज कँडेल लगायतको उपस्थित रहेको थियो । आज नै २ बजे रविले नारायणी किनारमा धन्यवाद सभा गर्ने जानकारी दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि