होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • सिंचाई कुलोको शिलानास गरियो
बाजुरा बिशेष

सिंचाई कुलोको शिलानास गरियो

  • नागरिक रैबार
सिंचाई कुलोको शिलानास गरियो

नागरिक रैबार/बाजुरा १० मंसिर। प्रतिनिधि सभा सदस्य माननीय लालबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट १० लाखको लागतमा निर्माण हुन लागेको दैयारा सिचाई कुलोको सिलानास गरिएको छ ।

बडीमालिका नगरपालिका ९ स्थित गणखेतमा निर्माण हुन लागेको उक्त सिचाई कुलोको मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराका जिल्ला कमिटी सदस्य काँशी विकले सिंचाई कुलोको जगमा ढुंगा र सिमेन्ट मसला हालेर सिलानास गरेका हुन् ।

सिंचाई कुलोको सिलानास गर्दै नेता विकले अवदेखि कृषकका खेतीयोग्य जमिनहरु सिंचाई अभावमा अब बाँझो नरहने बताएका थिए । उनले यो सिंचाई कुलो दिगो दरिलो र समयमै कुलोको निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गरेका थिए ।

विज्ञापन

खेतीयोग्य जमिनमा सिंचाईको सुविधा पुर्याएर कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उक्त ठाउँमा सिंचाइ कुलो निर्माणका लागि माननीय लालबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट रकम विनियोजन गराईएको बडीमालिका नगरपालिका वडा ९ का अध्यक्ष विनोद कुमार विकले जानकारी गराएका थिए ।

सिचाई कुलो निर्माण हुने भएपछि स्थानीय किसानहरु खुशी देखिएका छन् । अव सिंचाई कुलो निर्माण हुने भयो पहिले हामी धान र गहुँबाली मात्रै लगाउथ्यौं सिंचाई कुलो निर्माण पछि अब तरकारी खेती समेत गर्ने छौं स्थानीय कृषक किँजी उखेडाले बताईन् ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट निर्माण हुन लागेको उक्त कुलोको लम्बाई करिब पाँचसय बढी मिटर हुनेछ । सिचाई कुलो निर्माण पछि यस क्षेत्रका करिब १ सय परिवारहरुले उपभोग गर्न पाउने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै