नागरिक रैबार/बाजुरा ९ कार्तिक। तिहार नजिकिएसंगै बाजुराका स्थानीय बजारहरुबाट तिहारका लागि आवस्यक पर्ने सरसामान किन्नेको चहल पहल बढ्दै गएको छ ।
तिहारको चहल पहल बढेसंगै बाम्का बजार, तिपाडा, बेतालमाण्डौं, कोल्टी, दानसाँगु, पिलुचौर बजार र सदरमुकाम मार्तडीका बजारहरुमा विभिन्न किसिमका प्लास्टिकका कृतिम फूलमालाको व्यापार बढ्दै गएको छ ।
स्थानीय स्तरमै पाईने सयपत्री र मखमलीको मालाभन्दा पनि अहिले जिल्लाका अधिकाँस बजारहरुमा प्लास्टिकका कृतिम मालाको कारोबार बढ्दै गएको पाईन्छ ।
विशेष गरि तिहारलाई फूल र बत्तिहरुको पर्व भनेर चिनिने गरेको भएपनि पछिल्लो केहि वर्ष यता जिल्लाका स्थानीय बजारहरुमा प्रत्येक वर्ष लाखौँ रुपैंयाँको कृतिम प्लास्टिक फूल र मालाको कारोबार हुने गरेको छ ।
जिल्लाका कुनै ठाँउमा हालसम्म पनि फूलको ब्यवसायिक खेती गरिएको छैन । अधिकांश पसलहरुमा बाह्य देशबाट आयातित प्लास्टिकका फूलमाला विक्री गर्न राखिएका छन् ।
गाउँघरका करेसावारी तथा अन्य ठाउँमा ढकमक्क फुल्ने स्थानीय फूल अहिले देखिन छाडेका छन् । कृतिम फूलमालाको प्रयोगले तिहारको महत्वसमेत घट्दै गएको प्रति स्थानीय चिन्तित छन् ।
फेसबुक प्रतिक्रियाहरु