होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिलो पटक बाजुराका स्याउ धनगढी बजारमा
समाचार

पहिलो पटक बाजुराका स्याउ धनगढी बजारमा

  • नागरिक रैबार
पहिलो पटक बाजुराका स्याउ धनगढी बजारमा

अर्जुन शाह (धनगढी) — बाजुरामा उत्पादित स्याउ धनगढीको बजारमा पुर्‍याइएको छ । यसअघि बजारमा पुर्‍याउन नसकेर सडेर जाने स्याउ पहिलो पटक बजारमा पुगेको हो । बाजुराकै एक सहकारी संस्थाले बुधबार बिहान धनगढी ल्याइपुर्‍याएको उक्त स्याउ यहाँको बजारमा यसअघि बिक्रि भइरहेको मूल्यभन्दा सस्तोमा उपलब्ध हुने सहकारी संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।विगतका वर्षहरुमा बजार नपाएर बारीमै कुहिने अवस्था थियो । यो वर्ष कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएर जुकोटमा उत्पादित स्याउ बजार पुर्‍याउने व्यवस्था मिलाएको हो ।

ज्ञान केन्द्रले ६ सय क्विन्टल स्याउ ढुवानीका लागि प्रति किलो १८ रुपैयाँ अनुदान दिएको हो । जुकोटदेखि पीलुचौरसम्म खच्चडमा ढुवानी गराएर त्यहाँदेखि कालिकोट, सुर्खेत हुँदै धनगढी पुर्‍याइएको सहकारी संस्थाका अध्यक्ष मेघराज शाहीले बताए । उनले काठमाडौं पनि पुर्‍याउने योजना रहेको बताएका छन् ।

पहिलो लटमा ६० क्विन्टल स्याउ धनगढी पुर्‍याइएको छ । प्रतिकिलो एकसय रुपैयाँमा उक्त स्याउको बिक्रि मूल्य रहेको शाहीले बताए । आफ्नै पहाडमा फलेको ‘अर्ग्यानिक’ स्याउ सस्तोमा किन्न पाएपछि धनगढीमा उपभोक्ताहरु बिहानैदेखि ट्रककै वरिपरि झुम्मिएका थिए ।

विज्ञापन

बजारमा भारतबाट आउने स्याउको मूल्य डेढ सय प्रतिकिलो रहेको छ । स्याउको भण्डार मानिने स्वामीकार्तिकको जुकोटर साप्पाटामा फलेको स्याउ बारीमै पुगेर कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले ग्रेडिङ गरेर ढुवानी व्यवस्था मिलाएपछि किसानहरु पनि खुसी भएका छन् ।

जुकोटका रमबहादुर शाहीले भने, ‘यस अघि ढुवानी व्यवस्था नहुँदा पशु चौपायालाई ख्वाउनुपर्ने अवस्था थियो । पहिलोपटक किसानहरुले आफ्नो उत्पादनबाट आम्दानी पाएका छन् ।’ कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत जैशीका अनुसार यहाँका किसानले २ सय ३० हेक्टरमा स्याउ लगाएका छन् । यो वर्ष १ हजार ५० टन स्याउ उत्पादन भएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार