काठमाण्डाै ८ भदाै । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा ‘दुरुत्साहन’ कसुर गरेको अभियोगमा साउन ३० गते पक्राउ गरी अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा राखिएका टेलिभिजन कार्यक्रम प्रस्तोता, रबि लामिछाने र युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीेलाई फेरि ५ दिन म्याद थप भएको छ ।
दोस्रोपटक थप गरिएको ५ दिन म्याद आजबाट सकेपछि आजै थप गरिएको हो । पहिलो पटक ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चिवतनले प्रहरीलाई अनुमति दिएको थियो । यो तेस्रो पटक अनुमति हो ।
तीनै जनाविरुद्ध आजै अदालतमा सरकारी वकिलको कार्यालयले ‘दुरुत्साहन’ अभियोगपत्र र सरकारी वकिल कार्यालयले तयार पारेको मिसिल सहित मुद्दा दायर गरेको छ । मुद्दामा तीनै जनामाति ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ ।
आज अस्मिताको मात्र अदालतमा बयान भएको छ भने बाँकी दुईजनाको भोलि हुने जनाइएको छ । बयान सकिएसँगै थुनछेकको बहस हुन्छ । बहसमा वादी र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस एकदुई दिन लाग्न सक्ने बताइएको छ ।
अनलाइनपानाबाट
फेसबुक प्रतिक्रियाहरु