होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • लमजुङमा बाढी आउँदा ४ जनाको मृत्यु, ७ बेपत्ता
Breaking News

लमजुङमा बाढी आउँदा ४ जनाको मृत्यु, ७ बेपत्ता

  • नागरिक रैबार
लमजुङमा बाढी आउँदा ४ जनाको मृत्यु, ७ बेपत्ता

उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए।

‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भएका ११ मध्ये ४ जनाको शव भेट्यौँ, अरु बेपत्ताको खोजी कार्य भइरहेको छ’ उनले भने। त्यस्तै बाढीले बगाएर घाइते अवस्थामा अरु ५ जनाको उद्दार गरिएको उनले बताए। ‘उद्दार गरिएकाहरु बेपत्ता भएका ७ जनाबाहेकको समूह हो, उपचारका लागि पठाइएको छ’ उनले भने।

दोर्दीखोला गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार हिमालतिर पहिरो खसेर थुनिएको नदी अचानक फुटेपछि उत्पन्न बाढीमा आयोजनाका कामदारहरू परेका हुन्। गुरुङले सबभन्दा धेरै लिबर्टी जलविद्युत आयोजनाका कामदार बाढीमा परेको बताए। लमजुङका प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार