नागरिक रैबार/बाजुरा ८ पुस । कान्छो छोरो रत्ने र बुहारी घुघुरीको खै, के सानोतिनो घरमा टाक्कटुक्क भएको थियो, थाहै भएन् । छोराबुहारी दुई जनाको झगडा खासै ख्याल गर्ने कुरापनि भएन्,मैले । माघका महिना मेला गाउँका सरी वि.कले बुहारीलाई माटीखान बलत्कार गर्याे भनी दुई जना झगडीँदा गाउँणो नापा गाँईगुई सुन्याँ छिँया । बाँस, त्यत्ति हो । खास क्या हो उही जानुन्, दुई जनाका कुणा ।
बुहारीले सरीकन उजुर हाल्दोभनि आईछि चौकी । पछ्यार, पछ्यार छोरो रत्ने पनि गयो छियो । दे, त्यत्ती था पायाँ छिँया । ताँ पुणो मकन केही था न थिति । कोही परिउणो सरीपन पग्णी लै गया भन्दाछिया । दुई चार जना ठालु गयाई भन्दाईछिया । गाउँणा कोई केही बास्ता । कोही केही बास्ता । कैका कुणा सही मानु । पिलु चौर प्रहरीले यहाँ मिल्याईनँर जिल्ला पठायो भन्न्या कनले हो कनले भन्यो छियो । नाँपा न था पायाँ छियो । द, त्यत्ति हो ।
यो थियो । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. १ साप्पाटा मुक्तिकोटका नरे लवारको कुरा ।
यतिबेला उहाँको ६० वर्षीया बुढाबुढीको जोडी जिल्ला सदरमुकाम मार्तडीमा दुई छोराको पीरमा भौतारी रहेको छ । जन्माएर घरजाम भएका दुईवटा छोरा गुमाए पछि मानसिक रुपले विछिप्त छन् । साथमा काँस झैँ सेतै फूलेकी ६० वर्षीया पत्नी छन् र एउटा नाति छ । साहाराको नाममा । सपरिवार यतिमात्र त थिएन् उनको । दुई छोरा बुहारी नातिनातिना गरि १४ जनाको कविला थियो । अहिले छेदविच्छेद भएको छ, उनको परिवारिक सुन्दर घर ।
अहिले सारानालीबेली उनी खासै भन्न सक्ने अवस्थामा छैनन्, नातिनातिना को कता छन्, घरपरिवारको हालत कसो छ भनेर ।तर, नागरिक रैबारले उनको गुनासो सुन्ने प्रयास गरेको छ । ति नरे लवार र जिवित छँदा जेठो छोरा गोरे लवार र साथमा आएका नरे वि.कसंग सामान्य सोधनी गर्दाको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
घटना १
सुरूमा उहाँको कान्छो छोरा रत्ने लवारको कुरा गरौँ । ४५ वर्षीया रत्ने जुकोट निवासी सगुने कडारीको छोरी घुघुरी कडारासित विवाहित भएर घरजाम गरि बसेका मान्छे हुन् । उनका ४ वटा सन्तान छन् ।
परिवारकै भलाई केटाकेटीलाई लालनपालन गर्न सिजन अनुसार भारतमा कामकाज गरि पैसा कमाई पारिवारिक जीवन चलाउँने उनको दैनिकी थियो । सपरिवार राम्रोसँग चलेको थियो । यहि गएको बैशाख महिनातिर रत्ने ईन्डियाबाट घर फर्केका थिए ।
पत्नी घुघुरी लवारले जेनतेन घरधानेकी थिईन् । गोरे घरमा नभएको अवस्थामा साप्पाटा मेलागाउँको सरी विकसंग सल्केकी रैछिन् । श्रिमानको आगमन पश्चात् सरीसित त्यसो हुन पाएन् । गाउँघर न हो । आज,आज भोलि,भोलि हुँदै सरी र घुघुरीको गलत सम्बन्धका बारेमा रत्नेका कान भर्नेपनि त्यहीँका हुन् ।
रत्ने र घुघुरीको घरमा पारिवारिक खट्बड चल्न थाल्यो । घुघुरीले रत्नेसित भनिन् गाउँका ढिस्का मात्र हुन् । सरीसित केहि छैन् मेरो सम्बन्ध । गाउँमा रत्नेका गलत तरिकाले कान भरिएका छन्, घुघुरी र सरीका बारेमा । कहाँ मान्थ्यो र रत्ने ? शंकालु स्वभाव चुलिलैदै गयो ।
श्रीमतीलाई दवाव दिई रह्यो । एक त संयुक्त परिवार भयोे । जेठोदाइपनि घरमै भएकाले बहुरानी घुघुरीको चर्तीकला नजिकबाट नियालेका थिए । अर्कातिर भित्रभित्रै खासखुस गरि ठालुठुल्याची गर्नेले पैसामा मिलोमतो गरेको थाहा भयो । दाजु र घरका सपरिवार घुघुरीप्रति असन्तुष्ट नै भए । यसो हुनाले पनि रत्नेलाई शंका स्वाभाविक हुन थाल्यो । यसैको पराकाष्ठा बैसाख १९ बीस गतेतिर घुघुरीले मुख खोली । घुघुरीले पति रत्नेलाई भनिहाली हेर मैले ईच्छायर होईन् ।
गएको माघका मैना मेलागाउँका सरी वि कले माटीखान मलाई जबर्जस्ती बलत्कार गरेको हो । उसित सधैको सम्बन्ध होईन् र, छैन्पनि । विस्वास गर । देवी देउताका कसम खाउँला । रत्नेले भन्यो । त्यसो भए उजुर हाल्नुपर्छ सरीलाई । त्यहीँ भनी उजुर हाल्न घरछोडे दुवै जनाले । जुड्डी प्रहरीकोमा गए । प्रहरीले पिलुचौर पठाए । पिलुचौर ईलाका प्रहरीले सरीलाई पक्राउ गर्याे । साथमा धनलाल कँडारा, दिल वि.क, विर्ज वि.क, सर्वास वि.क जुल्फ लवार, देवलाल लवार, घुघुरीका आमा पाना कडारा लगाएत गाउँका ठालुभलाद्मी आए ।
रत्नेको दाइ गारे लवार पनि आयो । पिलुचौरमा झगडाको केही मेलोमेसो लागेन् । सबकासब जिल्ला सदरमुकाम पुगे । सदरमुकाम पुगेर जगन्नाथ गाउँपालिकाका नरे लवारको होटेलमा बसे त कोही अन्त बसे । २१ गते विहान सरी,घुघुरी र रत्ने जिल्ला प्रहरी कार्यालय पुगे । प्रहरीले कुरा सुनेपछि पिडितलाई लिखित जाहेरी ल्याउन भने । सरिलाई हिरासतमा राखे । पिडितले जाहेरी नदिँदा सरीलाई जिप्रकाले सामान्य सोधपुछपछि छोडिदियो ।
१ दुई दिन आपसमै मिलोमतो गर्न सदरमुकामकै होटलमा बसे । कुरामिलेन । पक्षविपक्ष एउटै होटेल नरकोमा बसे । तर, २४ गते विहान ९ बजेतिर एकाएक रत्ने लवार नाङ्गै खुट्टामा जिल्ला प्रहरी कार्यालयमा म उजुरी हाल्छु भनी गएको नर बि कले सुनाए ।
पीडित पक्षको दाइ गारे लवार भाइ रत्ने विपक्षीसित नमिली उठी उजुरी गर्न जाँदा आफुपनि पछिपछि गयो । तर, भटेन्, गोरेले । कहाँ गयो, गयो रत्ने । कसैले मार्तडी डँडालको घरतिर हुँदै गयो भने कसैले खडुका हिड्दै थियो, भने । कसैले पावर हाउसतिर हिड्दै थियोे भने । गारेले भन्यो म अलमलिय ।
यता न उता भए । निकै भौतारिए । चौतिर खोजे, भेटिन । भाइ रत्नेलाई । पछि बहुरानी घुघुरी लवार ३ लाख रुपीयामा मिलेर माईत गईछन् । सरी र ठालु आआफ्ना घरलागेछन् । म एक्लो, न भाइ साथमा छ । न बहुरानी साथमा छन् । न कोही अरू । बस्, एक्लो घरपुगे । घरमा बुबाआमालाई भने सबै कुरो । केही दिनपछि बा र मैले जिल्लाका विभिन्न ठाउँमा खाज्यौँ । जिप्रका मौखिक जानकारी गरायौं । वेपत्ता आयोग काठमाडौंमा लिखित जानकारी गरायौं । अँह ! कहिँ केही मेलोमेसो लागेन् । १ दुई लाख खर्च मात्र भयो । भाइ भेटिएन् । बा र म रित्तो हात फेरि घरफर्क्यौ । गोरेले भन्यो ।
घटना २
अब ४६ वर्षीया गारे लवार कुरा गरौँ । गारे नरे लवारका दुई छोरा मध्येका जेठा छोरा हुन् । उँ पनि ४ कटाकेटीका बुबा हुन् । घरमा जहान परिवार र उमेरले ६० काटेका बाआमा पाल्नु पर्ने घरमुली हुन् । घरको गरिवीले अरूको हलो जोती नौकरीचाकरी गरि परिवार पाल्ने गर्थे । भाइ रत्ने लवार वेपत्ता भएपछि भाइका बच्चाको समेत जिम्मेवारी थपिएर झन बोझिला थिए । एकातिर भाइ वेपत्ता । अर्कातिर ठुलोपरिवार ।
त्यसैमा बुढाबुढी बाआमा । सानातिना ७ आठ केटाकेटी । गरिवीपन । भाइबुहारी माईत । अशिक्षित वेरोजगार मान्छे । गाउँका भद्र भनाउँदा साथमा नहुनु । बडो तनावमा उनी जेनतेन दिन गुजारी रहेको थिए । यही अघिल्लो मंसिरतिर गोरे हुम्ला जिल्लातिर कामकाजका लागि गएका थिए । एक्कासी घरबाट बुढा बुबाले उनलाई कान्छो हराएको छोरा रत्नेको लास भेटिएको खबर गरे । सोही खबर अनुसार हतासिँदै साप्पाटा घर पुगे ।
गाउँकै धनसिंगे लवारको फोनमा जिल्लाबाट रत्ने लवारको मोवाईलबाट फोन गएको रहेछ । धनसिगे लवारले पनि रत्ने लवारभनि मोबाईलमा नाम सेभ गरेको रहेछ । सोही अनुसार धनसिगेले भने छन् अरे रत्ने कहाँ छै तँ यतिवेलासम्म । हामीले कहाँ कहाँ खोजेनौै ? तर, फोनमा बोल्ने अरु कोही नभएर जिल्ला प्रहरी कार्यालयबाट फोन गएको रहेछ । प्रहरीले रत्नेका बारेमा सबै कुरा भनेपछि बुढाबाआमा लिएर जिल्ला आएको थियो, गोरे ।
आएको भोलिपल्ट गोरे बाआमासहित प्रहरीकोमा पुग्यो । जिल्ला प्रहरी कार्यालयले यही बडीमालिका नगरपालिका वडा नं.७ जिल्ली स्थित कोसेडा जंगलमा कालो रङ्गको जकेट रातो भेस्ट र मोबाईल mतक लेखिएको सादा सेट र मानव कंकाल फेला परेको छ, हेर्नुस् तपाईका भाइको हो भन्दा चिनेर भाइ मरेको थाहा पाए । तर, जिप्रकाले लास बुझ भन्दा नबुझी फर्के, उनीहरु ।
घटना ३
मिति २०७६ साल पोष १ गतेका दिन गोरे लवार आफ्ना आमाबुबा सहित न्यायको खोजीमा हिडे । जवान भाइ वेखबर भएको ९ महिनापछि अवशेषका रुपमा प्लाष्किका कट्टामा राखिएको जिप्रकामा भेटिनुले निकै तनावग्रस्त देखिन्थे, सबै । न्यायका लागि निकै दौडधुप गरे । ६० वर्ष नाघेका बुढाबुढी र गारेले जिल्ला प्रहरी कार्यालयमा एकखालको जाहेरी दिए । विपक्षी भनिएकी घुघुरी लवारलाई प्रहरीले तत्काल प्रक्राउ गर्यो । सरी वि.क जिल्लामा नरहेका खबर दिए । प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजी रहेको छ, सरीलाई ।
तर, छोरा रत्ने लवारको मृत्युमा शंकाको भरमा धेरै मान्छेको नाम लिँदै थिए । शंकाको भरमा सबैलाई मुद्दा चलाई हाल्नपनि मिल्ने नमिल्ने त्यो कानुनको फरक पाट रह्यो । बाबुआमा र छोरा गोरेको एकमात्र जिद्दि थियो । मेरो भाइ मार्ने सरी र घुघुरी हुन् । अरु कोही होईनन् । भन्दै थिए । तिनलाई जेल हाल्नुपर्छ । मेरो भाइका हत्यारा गाउँका ठालु हुन् भन्दै थिए । कुरा सुन्ने कोही भएनन् ।
घटना ४
यही पौष विहीबारदेखि भाइको पीडाले गोरे लवार होस हवास गुमाई बरबराउन थाल्यो । आमा र बुवा नरे लवारले सम्झाउँदा बुझाउँदापनि केही लागेन् । आफन्त जो कोहीले सम्झाउँदापनि केही लागेन् । एकोहोरो उनी मेरो भाइको हत्यारालाई जेल हुनुपर्छ भन्दै बौलाउँदै बजारमा हल्ला गरि परिक्रमा गर्न थाल्यो । बुढेसकालका बाआमाको साहार बनी भाइको न्यायका लागि हिडला भन्ने आश आशमै रह्यो, बुढाबुढीको ।
उल्टै बुढी आमा र बुबालाईसमेत धक्केल पक्केल लगाएर कुट्न थाल्यो । मेरो भाइ मार्ने तैँ बुढो होस् भन्न थाल्यो । प्रहरीले नियन्त्रणमा लिई सम्झाउन खोज्यो, मानेन् । कोही कसैको कन्ट्रोलमा नआई शुक्रबार साँझतिर मार्तडीको दुनी हाट बजारको सडक छेउमा वेहोस भइ ढल्यो । बुढाबुढी गोरेका आमाबुवाले गुहार मागी नजिकका मान्छेको साहारामा जिल्ला अस्पताल बाजुरासम्म त पुर्याए । तर, उपचारमा संलग्न डाक्टरले गोरेले परान त्यागी सकेको बताएपछि नरे लवारका बुढाबुढी र साथमा रहेको नाति छाँगाबाट खसेझैं भए ।
नौ महिना अघि लाउलाउ खाउँखाउँको उमेरमा कान्छो छोरा रत्ने लवारले छाडेर गएको पीडा एकतिर । अर्कोतिर जेठालेपनि वीचैमा छोडेर जानुले झन होस न हवास भए, दुई टै बुढाबुढी । स्वास त के अवशेषमात्र भेटिनु, रत्नेको । अर्को जेठो छोरा कान्छा छोराको न्यायका लागि भौतारिँदा भौतारिदै वीच सडकमा परान त्याग्नुले झन असैय बनायो । अब हामी बुढाबुढी यी लालावाल लिएकार कता जाँउ र के गरौँ भयो । न्यायका नाउँमा दुई छोराको लास पाए हजुर !
दुई छोराको एउटै चिता
स्वामीकार्ति खापर गाउँपालिका वडा नं. १ साप्पाटाका नरे लवारका दुई छोराको एकै चितामा दुईवटा लासको दाहसंस्कार गरिएको छ । नरे लवारले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुराबाट ९ महिना अघि हराएको रत्ने लवार कान्छो छोराको लासको अवशेष बुझे भने मार्तडीको दुनी वीच हाटबजार सडक छेउमा वेहोस भई मेरेको जेठो छोराको लास अस्पतालबाट बझेका हुन् ।
मार्तडीमा रहेको बाउली खोलाको किनारमा गाउँका आफन्त लगाएतका मान्छेको सहयोगमा दुबै छोराको एकै चिहानमा लास जलाएर घरफर्केका छन् । स्वामीकार्ति खापर गाउँपालिकाबाट १५ हजार र बडीमालिका नगरपालिकाबाट ५ हजार जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र वि.कबाट १ हजार गरि जुटेको आर्थिक सहयोगमा दुबै जनाको अन्तिम दाहसंस्कार गरिएको दलित अधिकारकर्मी गोरख शार्कीले जानकारी दिए ।
,
फेसबुक प्रतिक्रियाहरु