नागरिक रैबार/बाजुरा ८ पुस । जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी निरिक्षकद्धय लोकेन्द्र सिंह गुरु र जनकराज ढुंगानाको एकै साथ बाजुराबाट सरुवा भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४ सय ४३ जना प्रहरी निरिक्षकहरुको सोमबार एकैपटक सरुवा गरेपछि बाजुराका प्रहरी निरिक्षकद्धय गुरु र ढुंगाना पनि बाजुराबाट सरुवा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा करिव डेढ वर्ष लामो समयसम्म कार्यरत रहेका प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरु र करिव ११ महिना बाजुरामै कार्यरत रहेका जनकराज ढुंगानाको बाजुराबाट एकैसाथ सरुवा भएपछि उनीहरु दुवै जनाको ठाउँमा नयाँ प्रहरी निरिक्षकद्धय दानबहादुर रोकाय क्षेत्री र लोकेन्द्र सिंह ठगुन्ना बाजुरा आउने भएका हुन् ।
बाजुराबाट एकैसाथ सरुवा भएका प्रहरी निरिक्षकद्धय लोकेन्द्रसिंह गुरु इलाका प्रहरी कार्यालय कमलबजार अछाम जाने भएका छन् भने जनकराज ढुंगाना महानगरीय प्रहरी परिसर काठमाण्डौ सरुवा भएका हुन् ।
सरुवा भएका प्रहरी निरिक्षकहरुले पुस महिना देखिको तलव भत्तासमेत हाल दरवन्दीबाट पाउने भएका छन् ।
यस अघि मंसिर २० गते जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको बाजुराबाट काजमा धनुसा सरुवा भईसकेको छ भने नयाँ डिएसपी टंक प्रसाद भट्टराई काजमा बाजुरा आउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट, प्रहरी निरिक्षकद्धय लोकेन्द्र सिंह गुरु र जनकराज ढुंगाना कार्यरत हुँदा बाजुरा जिल्लामा धेरेजसो आपराधिक क्रियाकलापहरु नियन्त्रण भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु