होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • सेतोगुराउँसले विदाको समयमा पनि बालबालिकाको पढाईको अनुगमन गर्दै 
शिक्षा

सेतोगुराउँसले विदाको समयमा पनि बालबालिकाको पढाईको अनुगमन गर्दै 

  • नागरिक रैबार
सेतोगुराउँसले विदाको समयमा पनि बालबालिकाको पढाईको अनुगमन गर्दै 

राम बहादुर बि.क/ कार्तिक ६ बाजुरा। सेतोगुराउस बालविकास केन्द्र बाजुराले विदाको समयमा पनी बालबालिकाको बढाईको अनुगोमन गर्दै छ ।

सेतोगुराउस बालविकास सेवा द्धारा संचालित समता र समावेशी शिक्षा कार्यक्रम अन्तरगत प्रारभिक उमेरका बालबालिकको शैक्षिक गुणस्तर अभिवृद्धीका लागी विद्यालय विदाको समयमा पनी गाउ गाँउको समुदायमा गएर बालबालिकाहरुलाई घरमै पढ्ने बातावरण मिलाइ दिन आग्रह गर्दै अभिभावक संग छलफल गरेको सेतोगुराउस बालविकास केन्द्रका सिकाई उत्प्रेरक राजेन्द्र बिकले बताउनु भयो ।

अभिभावक संग भेटघाट गर्दै बालबालिकाले खेल्दै र सिक्दै गरेको बातावरणमा सहयोग पुर्याई घरमै पढने बालबालिबाको संख्यामा बृद्धी भएको सेतोगुराउसका कार्यक्रम संयाजक देवराज पाध्यायले बताउनु भएको छ ।

विज्ञापन

विद्यालय विदाको समयमा बालबालिकाहरु घरमा नपढ्नाले विद्यालयमा सिकेका कुरा पनी विर्सिने भएकाले यो कार्यक्रम सिकाई गुणस्तरका लागी अत्यन्तै उपयोगी रहेको सिकाई उत्प्रेरक विकले बताउनु भयो ।

सेतोगुराउँस बालविकास केन्द्रका उत्पे्ररक घरमै पुगेर बालबालिकाको बढाई बारे जानकारी लिई जनचेतना जगाउने भएकाले बालबालिकाहरु घरमा समय छुट्याई पढ्ने गरेको बडिमालिका नगरपालिका वडा नं ९ का गम बहादुर विकले बताउनु भएको छ । यो कार्यक्रम जिल्लाका बडिमालिका नगरपालिका , हिमाली गाउपालिका , र खप्तड छेडेदह गाउपालिमा संचालन गरिएको छ । अहिले सेतोगुराउसका सिकाई उत्प्रेरक ११ जना गाँउ गाँउमा खटिरहेको छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार