होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • महिलाहरुले बरामत गरेको अवैध घरेलु मदिरा नष्ट
Breaking News

महिलाहरुले बरामत गरेको अवैध घरेलु मदिरा नष्ट

  • नागरिक रैबार
महिलाहरुले बरामत गरेको अवैध घरेलु मदिरा नष्ट
महिलाहरुले बरामत गरेको मदिरा शुक्रबार जिप्रका बाजुरा परिषर भित्र नष्ट गरिदै । तस्विर डिपिव बाजुराको फेसवुकबाट

नागरिक रैबार/बाजुरा ६ भदौ। बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुको सक्रियतामा बरामत गरिएको अवैध घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडी बजारका विभिन्न होटल तथा पसलहरुबाट बरामत गरेको अबैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय परिषरमा शुक्रबार महिला र प्रहरीको रोहबरमा नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराले चलाएको मदिरा नियन्त्रण अभियानलाई सहयोग गर्न बडीमालिका नगरपालिका वडा नं ९ का महिलाहरु पनि साउन दोस्रो साताबाट मदिरा नियन्त्रण अभियानमा जुटेका थिए ।
महिलाहरुको सक्रियतामा तिन साताको अवधिमा सदरमुकाम मार्तडीका विभिन्न होटल तथा पशलमा विक्री गर्न राखेको अवैध घरेलु मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ पास समेत गरि २ हजार २ सय ६५ लि. मदिरा बरामद गरि जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा राखिएको थियो । उक्त मदिरालाइ शुक्रबार नष्ट गरिएको बडीमालिका नगरपालिका ९ कि कविता विकले बताइन ।


अवैध घरेलु मदिरालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुरा र बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुको सक्रियताले सदरमुकाममा विगत भन्दा अहिले अवैध मदिरा उत्पादन र विक्रि वितरण नियन्त्रण भएको पाईएको छ ।
प्रहरीको अभियानमा बडीमालिका नगरपालिका वडा नंं ९ का महिलाहरुले पनि साथ दिएकोमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई मदिरा नियन्त्रण गर्न सजिलो भएको डिएसपी उद्धवसिंह भाटले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार