होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेलम्चीमा काम तिब्र : असार मसान्तमा काठमाडौंमा पानी
समाचार

मेलम्चीमा काम तिब्र : असार मसान्तमा काठमाडौंमा पानी

  • नागरिक रैबार
मेलम्चीमा काम तिब्र : असार मसान्तमा काठमाडौंमा पानी

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले अस्थायी बाँध बनाएर भए पनि असार मसान्तमा काठमाडौंमा पानी पुर्याउने दाबी गरेको छ। आयोजना प्रमुख तिरेख खत्रीले असार मसान्तभित्र अस्थायी बाँध बनाएर काठमाडौंमा पानी पुर्याउनेगरी काम भइरहेको दाबी गरेका हुन् ।

निर्माणस्थलमा पुगेका पत्रकारसँग कुरा गर्दै उनले हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे। उनका अनुसार अहिले आयोजनाको हेडबक्स र टनेलको काम तिब्र भइरहेको छ। हेडबक्सको काम ९० र टनेलको काम ६० प्रतिशत सम्पन्न भएको छ।

 

इटालीय कम्पनी सीएमसी काम छोडेर भागेपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ। समय अगावै काम सम्पन्न हुने दाबी आयोजना प्रमुख खत्रीले गरे। काम छिटो गरेमा कम्पनीले १० प्रतिशत बोनस पाउने र ढिला गरेमा जरिवाना हुने उल्लेख सम्झौतामा भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै