होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झुलाघाट नाका आज साँझ देखि चार दिनका लागि बन्द हुने
समाचार

झुलाघाट नाका आज साँझ देखि चार दिनका लागि बन्द हुने

  • नागरिक रैबार
झुलाघाट नाका आज साँझ देखि चार दिनका लागि बन्द हुने

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबार अपराह्न देखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ९ सम्म नाका बन्द रहने जनाइएको छ ।

मंसिर ८ मा भारतमा विधानसभाको उपनिर्वाचन हुने भएकाले सुरक्षा संवेदनशीलता कारण शुक्रबार साँझ ५ बजेदेखि मंसिर ९ साँझ ५ बजेसम्म सीमानाका बन्द हुने छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

यसअघि गत असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि १८ गतेसम्म तीन दिन झुलाघाट नाका बन्द गरिएको थियो । गोदावरीन्युजबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि