प्रमित वि.क /बाजुरा ५ असोज । बाजुराको गौमुल गाउँपालिका घट्मुना बजार अनुगमन गरिएको छ । गाउँपालिका उपा–अध्यक्ष सिता थापाको नेतृत्वमा आईतबार घट्मुना बजारमा रहेका विभिन्न किराना तथा खाद्य पसलहरु अनुगमन गरिएको छ । गौमुल गाउँपालिका, ईलाका प्रहरी कार्यालय, कृषि शाखा, स्वास्थ्य शाखाको संयुक्त समुहले बजार अनुगमन गरेको हो । पसल अनुगमन गरि म्याद सकिएका खाद्य तथा किराना समानहरु नष्ट गरिएको उपा–अध्यक्ष सिता थापाले बताईन् ।
बजारमा खाद्य तथा किराना पसलमा म्याद नागेका समान बेचेको भेटिएपछि गाउँपालिकाले अनुगमन गरेको हो । उपभोक्ताहरुको स्वस्थ जीवन यापनमा गराउन उक्त पहँल चालेकाे बताईएको छ । अबबाट व्यापारीको अनुमति पत्रको समेत रेखदेख गरी उपभोक्ताको हकको संरक्षण गर्ने कार्यलाई निरन्तर दिने गाउँपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा व्यापारीको थुप्रै कमीकमजोरी भेटाएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका र मिति नाघेका,सरसफाईमा लापरबाहि गरिएका किरान तथा खाद्य पदार्थ नष्ट गरिएको छ, गुणस्तरीय सामान बेच्न तथा खुवाउन व्यवसायीको पनि कर्तव्य रहेको भन्दैँ गाउँपालिका उपा–अध्यक्ष सीता थापाले सबै पसलमा अनुगमन र नियमन गरिएको बतताईन् । व्यापारीहरुलाई व्यवसायीका लागी अनुमति पत्र लिएर मात्र काम गर्दा राम्रो हुने सुझाव दिनुभएकाे छ । बजारामा एक हप्ता भित्र सुधार गर्न सबै पसल संञ्चालकलाई थापाले निर्देशन दिएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु