होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा जिप दुर्घटना, ३ जनाको मृत्यु
समाचार

अछाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

  • नागरिक रैबार
अछाममा जिप दुर्घटना, ३ जनाको मृत्यु
साँकेतिक तस्विर

५ भदौ, मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् ।

कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका-४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका-३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो । परियारको घटनास्थलमै र आउजी र बोहराको उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

विज्ञापन

दुर्घटनामा जिप चालक कैलालीको कैलाली घोडाघोडी नगरपालिका-७ कीर्तिपुर बस्ने अन्दाजी २६ वर्षीय जनजीर चौधरी र कैलालीको धनगढी उपमहानगरपालिकाका अन्दाजी २५ वर्षीय घनश्याम चौधरी घाइते छन् । उनीहरुको अवस्था मध्यम रहेको र बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार