होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सवारी दुर्घटनामा नौ जनाको मृत्यु
समाचार

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

  • नागरिक रैबार
सवारी दुर्घटनामा नौ जनाको मृत्यु

४ असोज, काठमाडौं । महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित सडकमा ज १ च १८०६ नम्बरको पिकअप गाडीले ज १० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ कालापानी बस्ने २० वर्षीय बिनोद कुमार भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ स्थित सडकमा ना ३ त ५५४३ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका–६ बस्ने ३० वर्षीया मन्दीरा माझीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

सिराहाको धनगढीमाई नगरपालिका–८ बसन्तपुरस्थित सडकमा स १० प ८००३ नम्बरको मोटरसाइकलले ज ४ प १०५१ नम्बरको मोटरसाइकल तथा साइकल समेतलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका ज ४ प १०५१ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने ४४ वर्षीय बिशेश्वर यादवको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स १० प ८००३ नम्बरको मोटरसाइकलका चालक धनगढीमाई नगरपालिका–६ बस्ने ४५ वर्षीय रामजतन पालको आरके मेडिसिटी अस्पताल धनगढी तथा ज ४ प १०५१ नम्बरको मोटरसाइकलमा सवार धनगढीमाई नगरपालिका–८ बस्ने ३६ वर्षीय बिनोद साह र साइकलयात्री धनगढीमाई नगरपालिका–८ बस्ने ३२ वर्षीय शिवशंकर मण्डलको स्थानीय जनशक्ति क्लिनिक कसाहामा उपचार भइरहेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित सडकमा लु ३ त ६९९५ नम्बरको ट्याक्टरमा लु २८ प ९९२४ नम्बरको मोटरसाइकल शुक्रबार राति ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका दुईजना पुरुषको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङको घोराही उपमहानगरपालिका–९ गुकाली डाँडास्थित सडकमा रा ४ प ७८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही उपमहानगरपालिका–९ बस्ने २५ वर्षीय मनोज बिक र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय दिपक बिकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ नयाँगाउँस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–३ स्थित सडकमा लु १ ख ८००२ नम्बरको बसले बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका–२ घर भएका २८ वर्षीय यमबहादुर थापाको छिम्केश्वरी अस्पताल आबुखैरेनीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै