होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • के हुँदै छ सरकार र विप्लव समुहको वार्ता ?
राजनीति

के हुँदै छ सरकार र विप्लव समुहको वार्ता ?

  • नागरिक रैबार
के हुँदै छ सरकार र विप्लव समुहको वार्ता ?

काठमाडौं, ४ साउन । पछिल्लो समय सरकारले विप्लव नेतृत्वको माओवादीसँग वार्ताको लागी तयारी थालेको बिषयले सर्वत्र चर्चा पाएको छ । गत भदौ ८ गते बसेकको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सोमप्रसाद पाण्डेयको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुरुप समितिले सरकारबाट भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको म्यान्डेट पाएको थियो । यस्तो म्यान्डेड पाएको समितिले विप्लव नेतृत्वको माओवादीसंग वार्ता त गर्न सकेन नै वरु सरकारले चन्द नेतृत्वको नेकपा माथी प्रतिवन्ध लगायो ।

तर प्रतिवन्धले समस्या समाधान नहुने भन्दै सरकारको उक्त कार्यको विभिन्न राजनीतिक दलहरुले विरोध समेत गरे । सरकारले वार्ता टोली गठन गरेको लामो समयपछि हाल चन्द समूहसंग वार्ताको प्रयास थालिएको बताइएको छ । तत्कालिन सरकारी वार्ता टोलीका संयोजक सोम प्रसाद पाण्डेले अनौपचारिक रुपमा चन्द समुहसँग छलफल थालेको र औपचारिक वार्ताको वातावरण बनाउने प्रयास थालिएको वताउनु भएको छ ।

तर चन्द समूहले पार्टीको प्रतिबन्ध फुकुवा, पक्राउ परेका कार्यकर्ताको निसर्त रिहाइ, हत्या, दमन, धरपकड रोकेर सरकारले राजनीतिक इमानदारी देखाएमात्र वार्तामा आउने सर्त राख्दै आएको छ ।

यता सरकारका प्रवक्ता संचार मन्त्री बास्कोटाले भने शक्ति संचयका लागि हुने छलछाम र हिंसालाई बैधानिकता दिनेगरि वार्तामा बस्न नसक्ने बताउनु भएको छ । उहाँले चन्द समूह शान्तिपूर्ण बाटोमा आउने शुनिश्चित भएमात्र सरकारले वार्ता गर्ने बताउनु भएको छ ।

चन्द समूह तथा सरकारबीचको वार्ता प्रसंग चर्चामा रहेपनी सरकारले दोहोरो रणनीति अवलम्बल गरेर आफूहरुमाथि षड्यन्त्र गर्न खोजेको चन्द समूहका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

सरकारले वार्ता गरौं पनि भन्ने तर आफ्ना नेता र कार्यकर्ता पक्राउ गर्न पनि नछाड्ने उनीहरूको गुनासो छ । विप्लव समुहका पूर्व पोलिटव्युरो सदस्य समेत रहेका नेकपाका नेता पदमवहादुर राईले दमन र हिंसावाट समस्याको समाधान हुन नसक्ने भएकोले सरकारले औपचारिक रुपले वार्ताको आव्हान गर्नुपर्ने वताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि