होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • धनगढीका विद्यालयमा दुई दिन बिदा दिने उप–महानगरपालिकाको निर्णय
Breaking News

धनगढीका विद्यालयमा दुई दिन बिदा दिने उप–महानगरपालिकाको निर्णय

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीका विद्यालयमा दुई दिन बिदा दिने उप–महानगरपालिकाको निर्णय

चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार र शुक्रवार उप–महानगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय भएको पुष्टि गरे।

उनले शनिबारको मौसमपछि फेरी के गर्ने भन्ने बिषयमा छलफल हुने बताए। उप–महानगरपालिकाले आज विहान मात्रै बन्द गर्ने निर्णय गरेका कारण धेरै विद्यालय भने आज सञ्चालनमा रहेका छन्। उता भिमदत्त नगरपालिका महेन्द्रनगर कंचनपुरले भने चिसोका कारण आज र भोली बिद्यालय बन्द गर्ने निर्णय हिजो नै गरिसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै