काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैको रहरले संविधान संशोधन नहुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘औचित्य र आवश्यकताको आधारमा मात्र संविधान संशोधन हुन्छ। कसैलाई रहर लाग्दैमा संशोधन हुँदैन,’ उनले भने,’संशोधन केका लागि हो? कसको अधिकार संविधानले रोक्यो? पुष्टि हुनुपरो नि ! यत्तिकै संशोधन हुँदैन। ‘
उनले कसका लागि कुन धारा किन संशोधन गर्नुपरो भन्दै पुष्टि गर्न चुनौती दिए। उनले प्रश्न गर्दै भने,’संविधान लेखियो। संशोधन केका निम्ति हो? कसलाई के अधिकार पुगेन? ‘
उलने संविधान रामायण, कुरान, बाइबल, पुराण जस्तो अपरिवर्तनीय नभएकोबताउँदैआवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताए।
फेसबुक प्रतिक्रियाहरु