होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते
समाचार

भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

  • नागरिक रैबार
भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन्। यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्थानीय समय अनुसार बिहानको समयमा दुर्घटना भएको हो। दुर्घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि २६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै रहेको प्रहरीको भनाई छ।
“एउटा बस र एउटा ट्रक आज विहान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्, ११ जनाको मृत्यु भएको छ भने अरु २० जना घाइते भएका छन्,” एक प्रहरी अधिकारीले भने। उनका अनुसार घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ र तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको र दोषीलाई कारबाही हुने जनाएको छ।
भारतमा यस्ता सवारी दुर्घटनाका कारण बर्सेनि हजारौँको मृत्यु हुने गरेको छ। चालकको लापर्वाही, खराब अवस्थाको सडक र पुराना सवारी साधनलगायतका कारणले भारतमा धेरै सवारी दुर्घटना हुने गरेको छ। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार