होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • च्याम्पियन्स लिगको पहिलो खेलमा रोकियो बार्सिलोना
खेलकुद

च्याम्पियन्स लिगको पहिलो खेलमा रोकियो बार्सिलोना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
च्याम्पियन्स लिगको पहिलो खेलमा रोकियो बार्सिलोना

जर्मन :  यस सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ।  च्याम्पियन्स लिग अन्तर्गत  मंगलबार  राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । यसै खेलबाट बार्सिलोनाका कप्तानसमेत रहेका मेसी यस सिजनका लागि पहिलो पटक टोलीमा समभागी भएका थिए ।

बोरुसियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने थुप्रै अवसर बनाए पनि सदुपयोग गर्न सकेन् । बोरुसियाले पेनाल्टीको अवसर पाउँदा पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।

मेसी चोटका कारण बार्सिलोनाले ला लिगाका ४ खेल खेल्दासमेत टोलीमा सहभागी भएका थिएनन् ।  ला लिगामा राम्रो प्रदर्शन गरेका १६ वर्षीय अन्सु फातीले पनि च्याम्पियन्स लिगमा डेब्यू गर्ने अवसर पाए। ५९औं मिनेटमा फाती बारिरिएपछि मेसी मैदानमा छिरेका थिए। 

विज्ञापन

बार्सिलोना रहेको एफ ग्रुपको अर्काे खेल पनि बराबरीमा टुंगिएको छ।  इटालियन क्लब इन्टर मिलान र चेक गणतन्त्रको क्लब साल्भिया प्राग्वेले १–१ को बराबरी खेले।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार