लगातार भइरहको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ८८ पुगेको छ भने ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परि घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ।
बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। अन्य बाँकी तथ्यांक संकलनको कार्य भैरहेको छ भने तथ्यांकसँगै राहत वितरण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु