नागरिक रैबार/बाजुरा १ मंसिर। नेपाल भोटे जनजाति सेवा संघको पाँचौ केन्द्रिय अधिवेशनबाट गम्भिरसिंह गुरुङ्ग (भोटे) अध्यक्षमा चयन भएका छन् ।
नेपाल भोटे जनजाति सेवा संघको पाँचौ केन्द्रिय अधिवेशनबाट गुरुङ्ग सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै संघको केन्द्रिय उपाध्यक्षमा चन्द्र विष्ट (भोटे) सचिव दावा गुरुङ्ग (भोटे), कोषाध्यक्षमा, जनक भण्डारी (भोटे) सहसचिव विमला थापा (भोटे) र सदस्यमा शम्भु भण्डारी, डवल भण्डारी, सीता बोगटी र हर्क गुरुङ्ग निर्वाचित भएका हुन् ।
संघको पाँचौ केन्द्रिय अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने २ जना नयाँ सदस्यहरुलाई संघको पहिलो बैठकबाट मनोनित गरिने संघले जनाएको छ ।
संघका वर्तमान निर्वाचित अध्यक्ष गम्भिरसिंह गूरुङ्ग र सचिव दावा गुरुङ्ग यस अघि पनि सोही पदहरुमा निर्वाचित भएर संघको काम गरिसकेका छन् । संघको २ दिने केन्द्रिय अधिवेशन आइतबार नयाँ कार्यसमिति चयन गर्दै समापन भएको छ ।
फेसबुक प्रतिक्रियाहरु