होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगरबासीको चौतर्फि दबावपछि अन्तत हिलाम्मे बाटो सफा गरिदै
समाचार

नगरबासीको चौतर्फि दबावपछि अन्तत हिलाम्मे बाटो सफा गरिदै

  • नागरिक रैबार
नगरबासीको चौतर्फि दबावपछि अन्तत हिलाम्मे बाटो सफा गरिदै

नागरिक रैबार/ बाजुरा १ साउन । हप्ता दिन देखिको अविरल वर्षाका कारण सदरमुकाम मार्तडी बजार हिलाम्मे भएर स्थाथीयलाई हिँडडुल गर्न निकै समस्या भएपछि नगरबासीहरुले सामाजिक संजालदेखि देखि चिया पसल सम्म सडककै हिलोको बारेमा चियो चर्चा गर्ने गरेका थिए । सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेका गौडा डिलदेखि प्रशासन सम्मको सडक र डिभिजन वन कार्यालय देखि जिल्ला अस्पताल सम्मको सडक पुरै हिलाम्मे भएर यहाँका स्थानीयहरुलाई आवत जावत गर्न निकै कठिनाई हुँदा समेत बडीमालिका नगरपालिकाले कुनै चासो नदिएको भन्दै चर्को आलोचना भईरहेको थियो ।

नगरबासीहरुको चौतर्फि विरोध भएपछि अन्तत  बुधबार गौडाडिल देखि जिल्ला प्रशासन कार्यालय बाजुरा सम्मको सडकका विचमा जम्मा भएको हिलोलाई नगरपालिकाले तत्काल  हटाउन निर्देशन दिएपछि ठेकेदारले बजार भित्रको हिलोलाई हटाउन सुरु गरेको हो ।जिल्लाको मुख्य बजार मार्तडीमा हिलै हिलो भएपछि नत बडीमालिका नगरपालिकाले चासो देखाएकाे थियो नत सडक निर्माण गर्ने ठेकेदारले स्थानीय तुलाबहादुर रोकायाले बताए ।  अहिले त गाैडाडिल देखिको हिलाम्मे माटाे हटाउन थालिएकाे हाे तर डिभिजन वन कार्यालय बाजुरा देखि  जिल्ला अस्पताल सम्मको सडक बाटो भने जस्ताको त्यस्तै रहेको छ कहिले बन्ने हो कुनै ठेगान छैन् राेकायाले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार