होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • डोजरका कारण विपद् उत्पन्न
Uncategorized

डोजरका कारण विपद् उत्पन्न

  • नागरिक रैबार
डोजरका कारण विपद् उत्पन्न

रुकुम ।  रुकुम (पश्चिम)का अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । बर्खा लागेको पहिलो झरीमै जिल्लाका ग्रामीण सडक अवरुद्ध हुन थालेका हुन् । वातावरणीय प्रभाव अध्ययनै नगरी जथाभावी डोजर प्रयोग गरी बनाइएका सडक क्षेत्रमा
पहिरो जान थालेको छ ।
वर्षाले कच्ची सडक भत्किएर हिलाम्मे छन्, कतिपय सडकलाई पहिरोले बगाएको छ । गाउँगाउँमा सडक पु‍¥याउने योजना बनाएका स्थानीय तहले आर्थिक वर्ष सकिन लाग्दासमेत जथाभावी डोजर चलाउने होड छाडेका छैनन् ।
कतिपय स्थानीय तहले उपभोक्ता समितिमार्फत योजना र प्राविधिकबिनै अनुमानकै भरमा सडक बनाइरहेका छन् ।
स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर ट्रयाक खोल्न सुरु गरेपछि जथाभावी डोजर चल्न थालेका हुन् । नयाँ सडक निर्माण मात्रै होइन, पुरानाको सडक मर्मतमा पनि डोजरकै प्रयोग हुने गरेका छन् । तर, कुनै पनि स्थानीय तहले डोजर प्रयोगको मापदण्ड अहिलेसम्म पनि बनाएका छैनन् ।

‘प्रत्येक वडामा एक नयाँ सडक निर्माण गर्नुपर्ने अनिवार्य जस्तै बनेको छ, जिल्लाको मुसीकोट नगरपालिकाका इन्जिनियर पहल पुनले भने, ‘जहिल्यै उपभोक्ता समितिमा बस्ने एउटै व्यक्ति पटकपटक दोहोरिन्छ, पहुँचका आधारमा मनोमानी ढंगले सडक निर्माण भएका छन् । उनका अनुसार यसरी मनोमानी ढंगले सडक निर्माण गर्दा मोड बिगारेका हुन्छन्, लेभल मिलाएका हुँदैनन् । जिल्लाको बाँफिकोट गाउँपालिकाको समस्या पनि उस्तै छ ।
यहाँका गाउँगाउँमा निर्माण हुने सडक क्षति न्यूनीकरण अध्ययन नगरेरै जथाभावी खन्ने गरेको पाइएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । ‘जंगल, बस्ती र पानीका मुहानै सक्ने गरी डोजर प्रयोग गरिएको देखियो, उनले भने, ‘प्राविधिकको सल्लाहबिनै सडक खनिएका छन्, कतिपय ठाउँमा हामीले अध्ययन गरेकाभन्दा अर्कै ठाउँतिर सडक खन्ने
काम भएको छ । राजधानी दैनिकमा चिना विकले लेखेकि छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै