होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै
समाचार

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै

  • नागरिक रैबार
प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै

बुटवल– प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ ।

समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको छ ।समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो ।

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको समितिका एक सदस्यले जानकारी दिए ।

विज्ञापन

आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ ।

प्रदेश पाँचको राजधानी दाङ हुनुपर्ने पक्षमा मुख्यमन्त्री शंकर पोखरेल देखिएका कारण नामकरण र राजधानी तोक्ने विषय ओझेलमा परेको आरोप लागदै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै