होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ६ रिक्त वडाअध्यक्ष पदका लागि २० जनाको उम्मेद्धारी
देश/प्रदेश

६ रिक्त वडाअध्यक्ष पदका लागि २० जनाको उम्मेद्धारी

  • नागरिक रैबार
६ रिक्त वडाअध्यक्ष पदका लागि २० जनाको उम्मेद्धारी

अत्तरिया – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ वटा रिक्त वडाध्यक्ष पदका लागि २० जनाको उम्मेद्धारी परेको छ । सुदूरपश्चिममा बाजुराको त्रिवेणी नगरपालिका –१, डोटीको आदर्श गाउँपालिका २, कञ्चनपुरको पुर्नवास नगरपालिका ३, बैतडीको पुचौंडी नगरपालिका ४, सुर्नया गाउँपालिका१ र दोगडाकेदार गाउँपालिका ४ मा रिक्त वडाध्यक्ष पदका लागि उम्मेद्धारी परेको छ ।

बाजुराको त्रिवेणमा १ वडाअध्यक्ष पदका लागि ३ जनाको उम्मेद्धारी

बाजुराको त्रिवेणी नगरपालिका –१, का लागि ३ जनाले मनोनय दर्ता गरेका छन । वडा अध्यक्षका लागि नेकपाका मनराजे बुढा , नेपाली काग्रेसका खगेनद्र चदारा र राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर ढोलीले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जनाएका छन ।

विज्ञापन

पुर्नवासमा वडा अध्यक्षका लागि ५ जनाको मनोनय दर्ता

उपनिर्वाचनका लागि कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्षका लागि नेपाली कांग्रेसका दीप तामाङ, नेकपाका कृष्ण तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

बैतडीमा ३ वडा अध्यक्षका लागि ८ जनाको उम्मेद्धारी

उपनिर्वाचनका लागि बैतडीमा ३ वडा अध्यक्ष पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन । जिल्लाको सुर्नया गाउँपालिका–१, पुर्चौंडी नगरपालिका ४ र दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ ।

सुर्नया गाउँपालिका– १ मा अध्यक्ष पदका लागि दुईजना उम्मेद्वारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्र बहादुर चन्दको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन ।
यस्तै पुरचौंडी नगरपालिका– ४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्द बहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको भण्डारीले बताए ।
दोगडाकेदार गाउँपालिका– ४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेद्वारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेद्वारी दर्ता गराएका छन ।

डोटीमा वडा अध्यक्षलागि ४ जनाको उम्मेदवारी

डोटीको आदर्श गाउँपालिका २ को वडा अध्यक्ष पदको उप निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र उम्मेदवार भुमी सिं खड्का, नेपाली काङ्ग्रेसका महादेव साउँद, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राम बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवार माथि विहिबार उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले आयोगले जनाएको छ । उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ । गोदावरीन्युजबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार