होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • दीनःदुखिको परिवारलाई पत्रकार सिंहले गरे खाद्यन्न सहयोग
Breaking News

दीनःदुखिको परिवारलाई पत्रकार सिंहले गरे खाद्यन्न सहयोग

  • नागरिक रैबार
दीनःदुखिको परिवारलाई पत्रकार सिंहले गरे खाद्यन्न सहयोग
सुना सार्कीलाइ पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिहले सहयोग गरेकाे खाद्यन्न सामाग्री हस्तान्तरण गर्दै गैसस महासघका केन्द्रिय सदस्य काँसी विक र उद्योग वाणिज्य सघका हसबहादुर सिह।

नागरिक रैबार/बाजुरा २७ असोज। नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले एक विचल्लीमा परेको दीनः दुखिको परिवारका लागि खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।

पत्रकार तथा सामाजिक अभियान्ता सिंहले बडीमालिका नगरपालिका वडा नं. ३ रजालिकि दिनः दुखि सुना सार्कीको ४ जनाको परिवारका लागि चामल, दाल, तेल लगायत खाद्यन्न सामाग्री सहयोग गरेका हुन् ।

नजिकिदै गरेको तिहारमा केही दिनको छाक टार्न उनको परिवारलाई सहज होस भन्ने उद्देश्यले आफुले खाद्यन्न सहयोग गरेको पत्रकार सिंहले बताएका छन् ।

विज्ञापन

सुनाका श्रीमान लाल बहादुर सार्कीको ८ बर्ष अघि मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि सुनाको परिवार सहारा विहिन बनेको थियो । सुनाले अहिले सदरमुकाम मार्तडी बजारमा ज्याला मजदुरी गरेर ४ जनाको परिवार पाल्दै आएकी छन् ।

गाँउमा सहजै परिवार पाल्न समस्या भएपछि सुना बच्चा सहित सदरमुकाम मार्तडीमा ज्याला मजदुरी गर्न आएकि थिईन् । सुनाकि छोरी गिता सार्की कक्षा ८ मा अध्यनरत छन् ।

त्यस्तै ममिता सार्की कक्षा ५ र उनका छोरा बिरेन्द्र सार्की कक्षा ६ मा अध्यनरत रहेका छन् । पत्रकार सिंहले आफ्नो दुखः पिडा देखेर खाद्यन्न सहयोग गरेपछि खुसी भएकि छन् ।

पत्रकार सिंहले दीनःदुखि परिवारका लागि गरेको खाद्यन्न सहयोग सामाग्री गैसस महासंघ केन्द्रिय सदस्य काँशी विक र बाजुरा उद्योग बाणिज्य संघका सदस्य हंसबहादुर सिंहले हस्तान्त्रण गरेका थिए ।

पत्रकार सिंहले जिल्लामा रहेका पिडित महिला, बालवालिका र आर्थिक अवस्था कमजोरका कारण उपचार नपाएर छटपटाएका विरामीहरुका लागि दिन रात नभनी सेवा गर्दै आईरहेका छन् । बाजुराबाट मात्रै ४८ बालवालिकाहरुको भविष्य उज्वल बनाउन पत्रकार सिंहले सहयोग गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार