होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पिनालेखबाट नगदसहित पाँच जना जुवाडे पक्राउ
समाचार

पिनालेखबाट नगदसहित पाँच जना जुवाडे पक्राउ

कर्मचारी र शिक्षक पनि जुवामा संलग्नता

  • नागरिक रैबार
पिनालेखबाट नगदसहित पाँच जना जुवाडे पक्राउ

नागरिक रैबार/बाजुरा २८ भदौ ।  बाजुराको बडीमालिका नगरपालिका वडा नं.१ पिनालेखबाट शुक्रबार प्रहरीले नगद सहित पाच जना जुवाडेलाई रङगे हात पक्राउ गरेको छ । प्रहरीले साँझ आठ बजे जुवा खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा पिनालेखको शुरेश दानीको होटेलमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बडीमालिका नगरपालिका वडा नं. १ का (होटेल संञ्चालक) शुरेश दानी, कृष्ण राज उपाध्याय, वडा सचीव मदन दानी, हाल जाल्पा मा.वि.मा कार्यरत शिक्षक त्रिबेणी वडा नं. ९ का कर्ण थापा, जिल्ला बझाङ सप्तड छन्ना गाउँपालिका वडा नं. ५ का शिक्षक भिम गिरीलाई पक्राउ गरिएको छ ।
जुवाको दाउमा राखेको नगद ४३ हजार ६ सय ६० रुपियैँ र ताससहित बरामद गरीएको छ । उनीहरुलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि