होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुराकाे पहिलो बैठक बस्यो, विभिन्न निर्णय पारित
राजनीति

नेकपा बाजुराकाे पहिलो बैठक बस्यो, विभिन्न निर्णय पारित

  • नागरिक रैबार
नेकपा बाजुराकाे पहिलो बैठक बस्यो, विभिन्न निर्णय पारित

रमित विक/ बाजुरा ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाजुराले पूर्णता पाएसंगै शुक्रबार पहिलो बैठक बसेको छ । दुई ठूला पार्टी एकता भएको एक बर्षपछि नेकपा जिल्ला कमिटी बाजुराका पदाधिकारीहरुले सपथ लिएपछि पार्टी कार्यालय नयाँ बजार जिउलामा बैठक बसेको कार्यालय सचिव काँसी बिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ । नेकपाको अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा बैँठक बसेको छ ।
नेकपा एकता पूर्णतापछिको पहिलो बैँठकले विभिन्न निर्णयहरु गरेको छ । बैँठकले नेकपा जिल्ला कमिटीले पूर्णता गराई सपथ ग्रहण गराउनका लागि जिल्लामा उपस्थिति भएका पार्टी स्थायी कमिटी र प्रदेश कमिटीका पदाअधिकारीलाई धन्यवाद ज्ञापन,पार्टीको बिधान बमोजिम पार्टीका सम्पूर्ण कामकारबाही गर्ने कार्यालय सचिवालय र विभागहरु तत्काल गठन हुन् नसकेकोले पार्टीको कार्यालय सचिवालय र विभागको गठननहुञ्जेल सम्पूर्ण काम,कार्वाही गर्नेका लागि जिल्ला कमिटीको बैँठकले अनुमोदन गर्ने गरी सम्पूर्ण अधिकार पदाअधिकारीको रहने र बिधान बमोजिम गर्ने,पार्टीको दैनिक कामकाज सञ्चालन एवम् व्यवस्थापन कार्यालय सचिव काँसी बिकलाई दिने निर्णय गरिएको छ ।
यस्तै पार्टी जिल्ला कमिटी सदस्य दिल बहादुर कुँवरकी ममतामयी माता बिरकला कुवँर,पूर्व शिक्षा मन्त्री धनीराम पौडेल,खप्तड छेडेदह गाउँपालिकाका पार्टी सदस्य चक्र शाह र स्वामिकार्तिक खाँपर गाउँपालिकाका लाल्या बिक लगायत नेताहरुमा पर्ने गएको शोक प्रति शोक प्रस्ताव पारित गरिएको सचिव भरत बुढाले बताउनुभएको छ ।
यसै बिच तराईका जिल्लामा आएको विनासकारी हावाहुरीका कारण कैलाली र कञ्चनपूर जिल्लामा हुन् गएको क्षेति प्रति नेकपा जिल्ला कमिटीको ध्यानाकर्षण भई पिडितलाई उचित क्षेति पूर्तिका लागि सुदूरपश्चि प्रदेश सरकार संग माग गर्ने,पार्टीका सम्पूर्ण जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जाल,सार्वजनिक स्थलहरुको प्रयोगथ गर्दा पार्टीको गोपनियता,बिधान विपरित गई पार्टी नेतृत्वका बिरुद्धमा र पार्टी संगठनलाई आँच आउने खालका कुनै गतिविधि गरेको पाईएमा पार्टी अनुशासनको कार्वाही गरिने निर्णय समेत आजको पूर्णतापछिको पहिलो बैठकले गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार