मदन बिक बाजुरा ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराको जिल्ला कमिटि सदस्यहरुले शुक्रबार शपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम इन्चार्ज भीम रावलले बाजुरा जिल्ला कमिटीमा बनेको १ सय ३५ जनाको जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराएका हुन् । बाजुरामा नेकपामा पूर्व नेकपा एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना जिल्ला कमिटी सदस्यमा समेटिएका छन् । उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताएका छन् । पार्टीको नीति र सिद्धान्त अनुसार आफूहरुले जिल्लामा काम गर्ने जिल्ला कमिटी सदस्यहरुले बताएका छन् । बाजुरामा जिल्ला कमिटी सदस्यको शपथ ग्रहण भएसँगै शुक्रबार बाट जिल्ला कमिटिले पूर्णता पाएको छ ।
को को बने जिल्ला कमिटीमा सथप ग्रहण गर्ने सदस्यहरु (नामावली सहित)
फेसबुक प्रतिक्रियाहरु