कैलाली २७ भाद्र/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन सम्म धनगढीमा बसेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले ९ जिल्लाका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।
सबै स्थानीय तहका अध्यक्ष र सचिवको टुङगो लगाएको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार विहान पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नेकपा सुदूरपश्चिम प्रदेश सह इन्चार्ज भानुभक्त जैशीका अनुसार बझाङ्गका ७ स्थानिय तहमा पुर्व एमाले र ५ स्थानिय तहमा पुर्व माओवादीलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिएको छ ।
जयपृथ्वी नगरपालिकामा पुर्व एमालेबाट केशव रोकाया अध्यक्ष र पुर्व माओवादीबाट देवराज जोशीलाई सचिवको जिम्मेवारी दिएको छ । बुङ्गल नगरपालीकामा पुर्व माओवादीबाट हेमन्तराज जोशी अध्यक्ष र सचिवमा पुर्व एमालेबाट मान बहादुर बिष्टलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै बित्थडचिर गाउँपालीकामा पुर्व एमालेबाट निराजन बोहरा अध्यक्ष र सचिवमा पुर्व माओवादीबाट रघुनाथ जोशीलाई जिम्मेवारी दिएको छ । केदारस्यु गाउँपालीकामा पुर्व एमालेबाट जिवन भण्डारी अध्यक्ष र पुर्व माओवादीबाट कटक बिकलाई सचिवको जिम्मेवारी दिएको छ ।
मष्टा गाउँपालीकामा पुर्व एमालेबाट धर्मराज बोहरा अध्यक्ष र पुर्व माओवादीबाट सुरेन्द्रराज जोशीलाई सचिवको जिम्मेवारी दिएको छ । त्यस्तै सुर्मा गाउँपालीकामा पुर्व एमालेबाट दिलीप कुमार बोहरा अध्यक्ष र पुर्व माओवादीबाट ललीत कुमार बोहरा सचिवको जिम्मेवारी दिएको छ । तल्कोट गाउँपालीकामा लक्ष्मण बिष्ट पुर्व एमालेबाट अध्यक्ष र पुर्व माओवादीबाट नन्दराज जोशीलाई सचिवको जिम्मेवारी दिएको छ । थलारा गाउँपालीकामा लोकेन्द्र बिष्ट पुर्व एमालेबाट अध्यक्ष र पुर्व माओवादीबाट प्रकाश भण्डारीलाई सचिवको जिम्मेवारी दिएको छ ।
खप्तड छान्ना गाउँपालीकामा पुर्व माओवादीबाट जोति बोगटी अध्यक्ष र पुर्व एमालेबाट ईश्वर रोकायालाई सचिवको जिम्मेवारी दिएको छ । दुर्गाथलीमा पुर्व माओवादीबाट देवेन्द्र रावललाई अध्यक्ष र पुर्व एमालेबाट दिपकराज सोति लाई सचिवको जिम्मेवारी दिएको छ । साईपाल गाउँपालीकामा पुर्व माओवादीबाट सुरेन्द्र बहादुर बोहरा अध्यक्ष र पुर्व एमालेबाट घुरन बोहरालाई सचिवको जिम्मेवारी दिएको छ । त्यस्तै छब्बिस पाथिभेरा गाउँपालीकामा पुर्व माओवादीबाट पदम मण्डेल अध्यक्ष र पुर्व एमालेबाट रामप्रसाद भट्टलाई सचिवको जिम्मेवारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशका सबै स्थानिय तहमा एकता पक्रिया सम्पन्न गर्न प्रदेश पार्टी कार्यालयमा दुई दिनसम्म चलेको बैठकमा प्रदेश इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी थिए ।फुलबारीखबरबाट
फेसबुक प्रतिक्रियाहरु