



नागरिक रैबार/बाजुरा २७ साउन। जयमालिका यातायात प्रालि बाजुराले भोलि २८ गतेदेखी अनिश्चित कालका लागि यातायात सेवा बन्द गर्ने भएको छ ।
जयमालिका यातायात प्रालिको साउन २४ गतेका दिन सदरमुकाम मार्तडीबाट छुटेको ना ७ ख ५८७४ नम्बरको बसका सह–चालक धिरज जाग्रीमाथि बसमा सवार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक देवसिंह कार्कीले मदिरा सेवन गरेर विनाकारण कुटपिट गरेकोले बसका सहचालक पीडित जाग्रीले उचित न्याय नपाउँदासम्म अनिश्चितकालका लागि बाजुरामा यातायात सेवा बन्द गर्न लागेको हो पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
साउन २४ गते बाजुराबाट धनगढी जादै गरेको उक्त नम्बरको बसमा सवार जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी सहायक निरिक्षक कार्किले मदिरा सेवन गरेर बसका सहचालक जाग्रीमाथि कुटपिट, विनाकारण गालि व्यइजती र अमानवीय व्यवहार गरेको पत्रकार सम्मेलन मार्फत जयमालिका यातायात प्रालिका अध्यक्ष प्रेम नाथ योगीले बताएका छन् ।



जिल्ला प्रहरी कार्यालय बाजुराले उक्त घटनाबाट पीडित बनेका सहचालक जाग्रीलाई न्याय दिनुको साटो उनिमाथि ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन लागेकोले यातायात प्रालिले बाजुरामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्न लागेको पत्रकार सम्मेलन मार्फत अध्यक्ष योगीले जानकारी गराएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिंह गूरुका अनुसार जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी सहायक निरिक्षक देवसिंह कार्की घर विदामा धनगढी जाने क्रममा साउन २४ गते जयमालिका यातायात प्रालिको उक्त बसका सह–चालक जागी्रले बुढीगंगा नगरपालिकाको बाम्का बजारमा ज्यान मार्ने गरी घाईते बनाएकोले जिल्ला पं्रहरी कार्यालय बाजुराले जाग्रीमाथि ज्यान मार्ने उद्योग अन्तरगतको मुद्धा दर्ता गरिसकेको बताएका छन् ।
जय मालिका यातायातले पत्रकार सम्मेलनमा प्रस्तुत गरेकाे निर्णय:




फेसबुक प्रतिक्रियाहरु