होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अविरल वर्षाबाट जनजीवन प्रभावित : १२ जनाको मृत्यु, १ बेपत्ता (नामसहित)
समाचार

अविरल वर्षाबाट जनजीवन प्रभावित : १२ जनाको मृत्यु, १ बेपत्ता (नामसहित)

  • नागरिक रैबार
अविरल वर्षाबाट जनजीवन प्रभावित : १२ जनाको मृत्यु, १ बेपत्ता (नामसहित)

काठमाडाै‌ं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानहरुमा बाढी, पहिरो र डुबान भएका छन् । हजारौं सर्वसाधरणको घर डुबेको छ भने विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

काठमाडौंको मुलपानीमा बाढीले बगाएर ३ को मृत्यु
नीतु यादव, शर्मिला यादव र कुन्दन यादवको मृत्यु

भोजपुर, टेम्केमैयुम–९ का १४ वर्षीय जनक विकको मृत्यु
रामप्रसाद राई–७ बासिखोराका जगतबहादुर राईको निधन

मकवानपुरको थाहा–३ महाभिरमा
खोलाले बगाएर सञ्चना बलामीको मृत्यु

विज्ञापन

सिन्धुलीको फिक्कल–१ महादेवडाँडामा
पहिरोमा पुरिएर हेमकुमारी सुनुवारको मृत्यु

काभ्रेको बनेपा–३ नालामा पहिरोले पुरिएर
गोमा दंगाल र सोहनी दंगालको मृत्यु
सुशीला, अनुष्का दंगाल र थप एक बालक घाइते ।

रामेछाप नगरपालिका–५, रामपुरमा
गोठको पर्खालले च्यापिएर पदमकुमार सुनुवारको मृत्यु

रौतहटमा लालबकैया खोलाले बगाउँदा
इशानाथ–३ का रामपुकार पटेलको मृत्यु

ललितपुर बघुवामा घर भत्किँदा
११ वर्षीय सरोज जिम्बाको मृत्यु ।

महोत्तरीको बलवा–२ मा रातु नदीले बगाउँदा
७५ वर्षीय अनिष बैठा बेपत्ता ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार