होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट
समाचार

माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट

  • नागरिक रैबार
माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट

काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । उनी श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए ।

विहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाकोलुर लगायतसँग भेटघाट भएको थियो ।

भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंका बीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

विज्ञापन

लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गरेका थिए । भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूतडा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थान गरेका बरिष्ठ नेता नेपालअसार २९गते स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार