होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • अमेरिका जाने चक्करको ‘दाल, भात, तरकारी’ को ट्रेलर आउट
मनोरञ्जन

अमेरिका जाने चक्करको ‘दाल, भात, तरकारी’ को ट्रेलर आउट

  • नागरिक रैबार
अमेरिका जाने चक्करको ‘दाल, भात, तरकारी’ को ट्रेलर आउट

काठमाडौं– प्रतीक्षित फिल्म ‘दाल, भात, तरकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । जम्बो चर्चित कलाकारहरुको अभिनय रहेको यो फिल्मको ट्रेलरलाई युट्युबमा सार्वजनिक गरिएको हो ।

सुदन केसीको डेब्यु निर्देशन रहेको यो फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, राजाराम दाहाल, आँचल शर्मा, वर्षा राउत, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलरलाई कमेडी बनाइएको छ ।

आउँदो वर्षको वैशाख २० गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा मह सञ्चारको ब्यानरमा निर्माण गरेको छ । अमेरिका जानलाई नेपालीले गर्ने कसरतलाई फिल्ममा कथानक बनाएको ट्रेलरबाट स्पष्ट हुन्छ ।

विज्ञापन

फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायांकन, शम्भुजीत बास्कोटाको संगीत छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार