होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा
मनोरञ्जन

आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा

  • नागरिक रैबार
आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा

काठमाडौं, २४ असोज– दिपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ । वर्षकै प्रतीक्षित यो फिल्म विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

यसअघि फिल्म दशैँअघि नै रिलिज गरिने भनिएको थियो । तर, अशोक शर्माको ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ पनि रिलिज हुने भएपछि केही हप्तापछि सरेको थियो । सामाजिक कमेडी ड्रामा यो फिल्ममा दीपकराज गिरी र केकी अधिकारीको प्रेमकथा छ ।

रोहित अधिकारीको लगानी रहेको फिल्ममा दीपक र केकीबाहेक केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा समावेश गीत ‘जुनको जुनेली’ र प्रचारमा सहयोग पुर्‍याउन तयार पारिएको गीत ‘बिच्च बिच्चमा’ ले यसअघि चर्चा पाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार