होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा २० औ अन्तर्राष्ट्रिय युवा दिवस भव्य रुपमा मनाईने
बाजुरा बिशेष

बाजुरामा २० औ अन्तर्राष्ट्रिय युवा दिवस भव्य रुपमा मनाईने

  • नागरिक रैबार
बाजुरामा २० औ अन्तर्राष्ट्रिय युवा दिवस भव्य रुपमा मनाईने

नागरिक रैबार/बाजुरा २६ साउन। बाजुरामा अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाईने भएको छ । बडीमालिका नगर स्तरीय युवा संजालको आयोजनामा भोली श्रावण २७ गते उक्त दिवस बाजुरामा पनि भव्य रुपमा मनाईने भएको हो ।
शिक्षामा रुपान्तरण उद्यमशिलता र नवपरिवर्तन भन्ने मुल नाराका २० औं अन्तर्राष्ट्रिय युवा दिवस बाजुरामा पनि भव्यताका साथ मनाउने निर्णय गरिएकोे बडीमालिका नगर स्तरीय युवा संजालका सचिव जयबहादुर अयडीले बताएका छन् ।
दिवसको अवसरमा जिल्ला सदरमुकाम मार्तडीमा विहान ११ बजे र्याली सहित प्रभात फेरी, औपचारिक उद्घाटन् र शिक्षामा रुपान्तरण उद्यमशिलता र नवपरिवर्तन शिर्षकमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत संचालन गरिने युवा संजालका अध्यक्ष प्रशान्तराज जैशीले बताएका छन् ।
दिवसकै अवसरमा उद्यमशिल तथा युवाको क्षेत्रमा काम गरेका युवाहरुलाई सम्मान समेत गरिने आयोजक बडीमालिका स्तरीय युवा संजालले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार