होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमको बजेट पारित
Breaking News

सुदूरपश्चिमको बजेट पारित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित भएको छ। असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा प्रस्तुत गरेको बजेट आज संसद बैठकले सर्वसम्मत पारित गरेको हो।

बजेट प्रस्तुत गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले लगातार विरोध गर्दै आएका थिए। प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले त भ्रष्टाचार बढाउने बजेट ल्याएको भन्दै रातो किताव नै जलाएका थिए। तर बजेट पेश गरेको २२ दिन पछि सदन सञ्चालन गर्न सफल भएको सरकारले २६ दिनमा बजेट सर्वसम्मतले पास गराएको हो।

सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ। प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।

दिनेशखबरबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै