होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेपाली भुमिको रक्षा गर्न माग गर्दै अनेमसंघको ज्ञापन पत्र
राजनीति

नेपाली भुमिको रक्षा गर्न माग गर्दै अनेमसंघको ज्ञापन पत्र

  • नागरिक रैबार
नेपाली भुमिको रक्षा गर्न माग गर्दै अनेमसंघको ज्ञापन पत्र

नागरिक रैबार/बाजुरा २४ कार्तिक। नेपाल भारत सिमा नाकासंग जोडिएको दार्चुलाको लिपुलेख देखि लिम्पियाधुरा सम्मको कालापानी क्षेत्रलाई भारतीय हस्तक्षेपबाट रोक्न अनेमसंघले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने दार्चुला जिल्ला भरतको सीमासंग जोडिएको लिपुलेख देखि लिम्पियाधुरा सम्मको कालापानी क्षेत्रमा भारतले विगत ७० वर्ष देखि जवरजस्त रुपमा भारतिय सेना राख्ने र अतिक्रमण गर्ने जस्ता हस्तक्षेपकारी गतिविधिहरु गर्दै आएकोले यसलाई तत्काल रोक्न अखिल नेपाल महिला संघ बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको अनेमसंघ जिल्ला सचिव सीता थापाले बताईन् ।

छिमेकी मुलकुको सिमान अतिक्रमण गर्न नपाउने कुनै पनि प्रकारको हस्तक्षेप गर्न नपाउने अन्तराष्ट्रिय मान्यता विपरीत आफ्नो नक्सामा कालापानी क्षेत्रलाई भारतले नयाँ नक्सामा गाभी सार्वजनिक गरेको छ । भारतको यस्तो हेपाह र मिचाह प्रवृतिको अनेमसंघ घोर भत्र्सना गर्दछ अनेमसंघ बाजुराले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विज्ञापन

अनेमसंघ क्रान्तीकारीका केन्द्रिय सदस्य कमल कुमारी शाह र अनेमसंघ बाजुराका सचिव सीता थापाको हस्ताक्षरमा उल्लेखित ज्ञापन पत्रमा भारत सरकारले नेपाली भुमिबाट आफ्नो सेना नहटाएसम्म र भारतको नक्साबाट नेपालको कालापानी क्षेत्रको भुभाग उस्को नक्साबाट नहटाएसम्म हाम्रो खबरदारी र निगरानी गर्ने आन्दोलन जारी रहनेछ भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि