होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • रोजगार
  • कति दिन राजनीतिका नाममा लडाई र झगडामात्रै गर्ने ?
रोजगार

कति दिन राजनीतिका नाममा लडाई र झगडामात्रै गर्ने ?

  • नागरिक रैबार
कति दिन राजनीतिका नाममा लडाई र झगडामात्रै गर्ने ?

यतिवेला बाजुराका ९० जना युवाहरू नेपाल प्रहरीको सरकारी जागीरे बन्न सफल भएकोमा पुरै बाजुरा जिल्लाले नै खुशीयाली मनाएको छ । यसका लागि ति युवा र त्यसमा सहयोग गर्ने सम्पूर्ण महानुभाव ज्युहरु धन्यवाद्का पात्र हुनुहुन्छ । अब नेपाल प्रहरी र नेपाली सेना लगायत निजामती क्षेत्र र शैक्षिक क्षेत्रमा यसै गरी बाजुराको प्रतिनिधित्व हुन सकेमा हाम्रो पहुँच राज्यका निकाय सम्म पुग्नेछ । अन्ततः यसको फाईदा बाजुरा जिल्लालाई नै हुने भएकोले हाम्रा नौ वटै स्थानीय सरकालाई बाजुराका युवाहरुलाई प्रतिस्प्रर्धि र अव्वल बनाई यस्तै नतिजा प्राप्त गर्नका लागि एउटा अवधारणा पत्र पेश गर्न चाहान्छु । आउनुहोस सकारात्मक वहस र छलफल गरौं कति दिन राजनीतिका नाममा लडाई र झगडा मात्रै गर्ने ? त्यसैले एउटा नयाँ सोच र अवधारणा सहित स्थानीय तहले अगाडि बढ्न सकेमा आगामी ५ वर्षमा बाजुरा जिल्लाको हरेक क्षेत्रमा उल्लेख्य प्रतिनिधित्व हुने कुरामा कुनै दुईमत छैन ।
मेरो सोचाई
सुरुमा : 
तपाईको मेहनत, हाम्रो लगानी स्वरोजगार अनुदान घुम्तिकोष
१, परिचय : जिल्लामा हरेक विषय र क्षेत्रमा उल्लेख्य जनशक्ति उत्पादन भईरहेको अवस्थामा अधिकाँश युवाहरु शिक्षित वेरोजगार भएर बसिरहेका छन् । यसरी उक्त शिक्षित वेरोजगार जनशक्तिलाई नेपाल सरकार तथा अन्य विभिन्न निकायमा खुला प्रतिस्पर्धा मार्फत रोजगारीमा प्रवेश गराई वेरोजगारी समस्यालाई केही हदसम्म कम गर्न तपाईको मेहनत, हाम्रो लगानी स्वरोजगार अनुदान भन्ने शीर्षकमा एक घुम्तिकोष स्थापना गरी लोक सेवा आयोग, शिक्षक सेवा आयोग नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी लगायत अन्य सरकारी सेवा प्रवेसका लागि तयारी कक्षा तथा थप अध्ययनका लागि आवश्यक अनुदान उपलव्ध गराउने गरी यो कार्यक्रम सचालन गरिने छ ।

यस कार्यक्रमको कार्यान्वयन पश्चात शैक्षिक योग्यता र क्षमता हुँदाहुँदै पनि आर्थिक अवस्थाको अभावले प्रतिस्पर्धामा सहभागी हुन नसक्ने युवालाई ठुलो राहत हुनुका साथै स्थानीय तहलाई स्वयम्सेवक जनशक्ति पनि उपलव्ध हुने हुँदा यसले विकास निर्माण तथा प्रशासनिक कार्यमा समेत थप सहयोग पुग्ने अवस्थाको सृजना हुने छ । प्रतस्पर्धामा सफल हुने सहभागीले आफुले प्राप्त गरेको अनुदान रकम फिर्ता गर्ने र सफल नहुनेले २ महिना स्थानीय तहले तोकेको स्थानमा गई सेवा गर्ने भएकोले उक्त रकम अर्को व्यक्तिका लागि पनि उपयोगी हुने भएकोले आर्थिकरुपमा पनि मितव्ययी हुने र कोष वढ्दै जाने गरी यो कार्यक्रम संचालन गरिने छ ।

२. यसको उद्देश्य :

विज्ञापन

  •  मेहनती, लगनशिल र प्रतिभावान शिक्षित वेरोगारहरुलाई नेपाल सरकार तथा अन्य विभिन्न निकायमा रोजगारीको अवसर सृजना गर्ने ।
  • तयारी कक्षा लगायतका अन्य शैक्षीक गतिविधिहरुलाई सहयोग पुर्याउन आर्थिक अनुदान उपलव्ध गराई शैक्षिक वेरोजगार जनशक्तिलाई रोजगारीको सुनिश्चितताका लागि आवश्यक सहयोग गर्ने ।

३.योजनाको बिबरण तथा कार्यान्वयन प्रक्रिया :

  •  सर्वप्रथम तपाईको मेहनत, हाम्रो लगानी स्वरोजगार अनुदान घुम्तिकोषको स्थापना गरी उक्त कार्यक्रम कार्यान्वयन कार्यविधि तयार गर्ने । नयाँ आर्थिक वर्षवाट आयोगका विज्ञापन हुने भएकोले हरेक स्थानीय तहले यस कार्यक्रममा सहभागी हुनका लागि श्रावणमा खुला विज्ञापन गरी भाद्रमा अन्तिम नामावली छनौट गरी तयारीका लागि अनुदान उपलव्ध गराउने ।
  •  लोक सेवा आयोगले तय गरेका विभन्न निजामती सेवा तथा शिक्षक सेवा आयोगले लिने विभन्न तहका गरी हरेक स्थानीय तहले कम्तिमा वार्षिक ५० जना शैक्षिक वेरोजगार युवाहरुलाई खुला प्रतिस्पर्धाका माध्यमवाट छनौट गरी छनोट हुने युवालाई तयारी कक्षा तथा अन्य आवश्यक तयारीका लागि उक्त कोषवाट अनुदान उपलव्ध गराउने । यो संख्या वढाउन सकिने छ ।
  •  खुला प्रतिस्पर्धाका लागि लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमका आधारमा परीक्षा सचालन गरी निश्पक्ष तथा पारदर्शी तरीकाले अनुदानग्राही युवाको छनोट गर्ने ।
  • जुन व्यक्ति जुन पद र तहका लागि प्रतिस्पर्धावाट छनौट हुन्छ सोही पदका लागि नेपाल सरकारको तोकिएको प्रचलित तलवस्केल वरावरको रकम अनुदानकारुपमा घुम्तिकोषवाट उपलव्ध गराउने ।
  •  यसरी दिईने अनुदान वापतको रकम उक्त व्यक्तिले रोजगारीमा प्रवेस गरिसकेपछि पहिलो महिनाको तलव वुझेर घुम्तिकोषमा फिर्ता गर्नु पर्ने यदि उक्त व्यक्ति २ वर्षसम्म पनि कुनै रोजगारीमा सेवा प्रवेस गर्न नसकेको अवस्थामा स्थानीय तहले तोकेको स्थानमा गई उक्त रकम वापत २ महिना बरावर सेवा गर्नुपर्नेछ ।
  • एक पटक अनुदान पाईसकेपछि उक्त युवाले दोस्रोपटक अनुदान प्राप्त गर्ने छैन ।

४. अनुमानित लागत र लागत जुटाउन सकिने स्रोतको विवरण र प्रक्रिया :
शुरुमा हरेक स्थानीय तहले तहले १० लाख वरावरको घुम्तिकोष स्थापना गर्ने । यसै कोषमा विभिन्न अन्य अनुदान, चन्दा प्राप्त भएमा थप्दै जाने र वार्षिक १० लाखका दरले हरेक वर्ष थप गर्दै जाने । यो कोषको रकम १ करोड पुगेपछि स्थानीय तहले थप अनुदान दिनु नपर्ने ।

५. योजनाको अपेक्षित प्रतिफल र अनुमानित लाभान्वित वर्गको विवरण :

  •  बार्षिक ५० जना शिक्षित युवा वेरोगारहरुले लोक सेवा आयोग तयारी कक्षा वापत अनुदान प्राप्त गर्ने छन् ।
  •  यो अनुदान घुम्तिकोष मार्फत वार्षिक अनुदान प्राप्त गर्ने युवाहरु मध्येमा ५० प्रतिशतले रोजगारीमा प्रवेस गर्नेछन् ।
  •  रोजगारीमा प्रवेस गर्न नसक्ने युवाहरु स्वयमसेवकको रुपमा स्थानीय तहले तेकेको स्थानमा तोकेको जिम्मेवारी पुरा गर्ने गरी सेवा गर्नेछन् जसले गर्दा अल्पकालिन रुपमा भए पनि रोजगारीको सृजना हुनुका साथै स्थानीय तहले हाल भोगीरहेको जनशक्ति अभाव पनि केही हद सम्म पुरा हुनुका साथै स्थानीय तहले उनीहरुको परिचालन मार्फत थप काम लिन सक्नेछ ।
  • सरकारी सेवामा बाजुराबासीको प्रवेस उल्लेख्यरुपमा वृद्धि भएको हुनेछ भने हरेक बाजुराका युवाहरुमा सरकारी सेवामा प्रवेस गर्नुपर्छ भन्ने सोचको विकास भई उत्प्रेरणा जागृत भएको हुनेछ ।

६. कार्यान्वयनमा आईपर्ने समस्या र चुनौती तथा समाधानका उपायहरु :

  •  अनुदानका लागि छनोट हुने व्यक्तिहरु सहि तरीकाले छनोट नभएमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुने भएकोले निश्पक्ष र पारदर्र्शीरुपमा व्यक्तिको छनोट गर्नुपर्ने ।
  •  छनोट भएका व्यक्तिहरुले रोजगारीमा प्रवेस गरी सकेपछि अनुदान फिर्ता गर्नुपर्ने भएकोले उक्त कुराको सुनिश्चितता गर्ने साथै रोजगारीमा प्रवेस गर्न नसक्ने युवाको हकमा २ महिना वरावर स्थानीय तहमा सेवा गर्नुपर्ने भएकोले उक्त कुराको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनु पर्ने ।

लेखक: कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रचार अधिकृत हुन् ।

इमेल: [email protected]

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार