होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • जिल्लामै नमुना बालविकास केन्द्र
बुढीगंगा

जिल्लामै नमुना बालविकास केन्द्र

  • नागरिक रैबार
जिल्लामै नमुना बालविकास केन्द्र

बडिमालिका नगरपालिका ६ मा रहेको नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास केन्द्र र गौतम बालविकास केन्द्र जिल्लाकै नमुना बालविकास केन्द्रका रुपमा स्थापित भएका छन् ।

बाजुरामा जिल्लामा २ सय २३ वटा बालविकास केन्द्र रहेका छन् । धेरै ठाँउका वालविकास केन्द्र अब्यबस्थित र अलपत्र अबस्थामा छन्, तर ति दुई वालबिकास केन्द्र जिल्लामै उत्कृष्ट र नमुना बालविकास केन्द्रका रुपमा सञ्चालन भएको जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख गोपालदत्त जोशीले वताएका छन् । ति वालविकासको भौतिक पुर्वाधार र ब्यबस्थापन धेरै राम्रो रहेको छ, त्यो सँगै सिकाई उपलब्धि पनि राम्रो रहेको जोशीले थपे ।
नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास केन्द्रमा १८ जना वालबालिका रहेका छन् । बिभिन्न सिकाइका क्षेत्र बर्गिकरण वालबालिकाइ सिकाइ प्रेरित गर्न र बिद्यालय राम्रो सहभागिता गराउनका लागि राम्रो बाताबरण रहेको छ । खेल मार्फत वालबालिकालाई सिकाउने गरेका छन् । नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास केन्द्रमा बिगत सात बर्ष देखी नै बालवालिकाको चाहाना अनुसारनै सञ्चालनमा रहेको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले वताएका छन् । उक्क्त वालविकास केन्द्रले पहिलो पटक इसिडि महत्सव नै बनाएको नगर प्रमुखले वताएका छन् ।

जन्मेदेखी आठ वर्षमा र खास गरी पहिलो तिन वर्षको बेला, नानीको हेरचाह र ध्यान बहुत जरूरी छ र यसको असर नानीको पूरै जीवनमा पर्दछ, त्यसैले वालबिकासमा लगानि हुनु पर्ने नगर प्रमुख पदम बढुवालले वताए । सुरुआती वर्षहरूमा हेरचाह र ध्यानले नानीहरूलाई फल्ने (फुल्नेमा मदत गर्छ । केटा होस् या केटी, दुवैको एक जस्तै शारीरिक, भावनात्मक, मानसिक र सामाजिक आवश्यकताहरू हुन्छन् । सिक्ने क्षमता दुवैमा बराबर हुन्छ । माया, ध्यान र सहानुभूतिको आवश्यकता दुवैलाई हुन्छ, उनिहरुको आबश्यकता अनुसार बालवालिकालाई सिकाउन आबश्यक रहन्छ, गौतम बालविकास केन्द्रकि सहजकर्ता जुना कार्कीले वताईन् ।
बालविकास केन्द्रमा समुदाय, नगरपालिका, सेतो गुराउँस नामक गैर सरकारी संस्थाले सहयोग र सहजिकरण गरि रहेका छन् । यी वालविकास केन्द्रलाई आबश्यक पर्ने शैक्षिक साम्रगि र भौतिक पुर्वाधारका लागि सहयोग गरेको सेतो गुराँउस बाजुराकी प्रमुख देबु खातिले वताएकि छन् । समुदायको पनि सक्रियताले यी दुबै बालविकास केन्द्र नमुना बन्न गएको खातीले वताईन् । गौतम बालविकास केन्द्र १८ जना परिवारका बालवालिका अध्यनरत रहेका छन् । पहिला पिपलको बोट मुनि अध्यन गराउने गरेका थियौ, अहिले भने भौतिक पुर्वाधार राम्रो रहेको स्थानियले वताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार