रसुवा राम्चे घर भै हाल साइप्रसमा रहनुहुने म्हेन्दा तामाङको नेतृत्वमा आर्थिक सहयोग रु.६१ हजार संकलन गरि भगवान बुद्धको मुर्ती खरिद गरिएको बताएकी छन् । हाल साइप्रसमा रहेकी म्हेन्दा तामाङ,शर्मिला तामाङ,माया थिङ तामाङबाट रु.५० हजार र जीना तामाङ रु.६ हजार सीता तामाङ रु.५ हजार गरि कुल ६१ हजार संकलन गरेर भगवान बुद्धको मुर्ती ,पुजापाठका लागि आवस्यक सामग्री खरिद गरेको जनाएकी छिन् ।
रसुवा राम्चेमा गुम्बा निर्माण गरि सो गुम्बामा भगवान बुद्धको मुर्ती राख्न र बौद्ध धर्मको प्रचार प्रसारमा टेवा मिलोस भन्ने हेतुले आर्थिक संकलन गरि भगवान बुद्धको मुर्ती र पुजाको लागि आवस्यक सामग्री खरिद गरेको साइप्रसबाट म्हेन्दा तामाङले तामाङपेज अनलाइनलाई बताउनु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु