होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • प्राचीन बुद्ध विहार संरक्षण गर्न माग
गौमुल

प्राचीन बुद्ध विहार संरक्षण गर्न माग

  • नागरिक रैबार
प्राचीन बुद्ध विहार संरक्षण गर्न माग

बाहैँ शताब्दीको अशोक वृक्ष विहार रहेको द्योछेँ (देउताको घर) भत्काएर व्यापारिक भवन बनाउने गुठी संस्थानको निर्णयविरुद्ध असनवासी आन्दोलित भएका छन् । असनको कोथुननी बचाउ अभियान समितिले ऐतिहासिक तथा सांस्कृतिक महत्वले भरिपूर्ण असनमा अवस्थित पुरातात्विक अशोक वृक्ष विहारको संरक्षणको माग गर्दै शुक्रबार असनमा वृहत प्रदर्शन गरेको छ ।

गुठी संस्थानले असनको कोथुननीमा रहेको अशोक वृक्ष विहार भत्काएर व्यापारिक भवन बनाउन लागेको विरोधमा विरोधसभामा नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले असनजस्तो ऐतिहासिक क्षेत्रमा कुनै पनि हालतमा व्यापारिक भवन बनाउन दिन नहुने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले नेपालको सम्पदा संरक्षण गर्न सबै जनता एकजुट हुन आवश्यक भएको बताउनुभयो । समाजवादी नेपालका केन्द्रीय सदस्य हिसिला यमीले असनमा व्यापारिक भवन निर्माण गर्न नहुने धारणा राख्नुभयो ।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य तथा नेवाःमुक्ति मोर्चाका कोषाध्यक्ष सुरेश श्रेष्ठले प्राचीन सम्पदा विस्तारै हस हुँदै गएको र विभिन्न शक्ति केन्द्रले कब्जा गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै सरकारले नै यसको सम्पदा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपत्यका सतक विस्तारपीडित सङ्घर्ष समितिका कोषाध्यक्ष सरोज श्रेष्ठ, नेपाल सम्पदा सङ्घर्ष समितिका सदस्य गणपतिलाल श्रेष्ठ, कामपा वडा नं २५ का बडाध्यक्ष नीलकाजी शाक्यलगायतका वक्ताले नेवार समुदायको मौलिक पहिचानको रुपमा रहेको प्राचीन सम्पदा ऐतिहासिक महत्व तथा प्राचीन स्मारक ऐनले गरेको व्यवस्थाअनुरुप पनि मास्न दिन नहुने बताउनुभयो ।

नेवार समुदायको सांस्कृतिक जात्रा तथा पर्वको केन्द्रको रुपमा रहेको असनस्थित कोथुननी चोकमा उक्त विहार रहेको छ । हजारौँ वर्ष पुरानो उक्त विहारमा वायु देवता गुठी पनि रहेको छ । अशोक बृक्ष विहारमा पुरातात्विक महत्वको अमिताभ बुद्घको मूर्ति रहेको प्राचीन घरमा सयौँ वर्षदेखि तीन परिवारले सञ्चालन गर्दै आएको छ ।

तत्कालीन राजदरबारबाट वायु देवता गुठीे सञ्चालन तालुकदारमार्फत गर्न हुकुम प्रमाङ्गी दिएको थियो । भूमि व्यवस्था ऐन तथा गुठी संस्थान ऐनअनुसार तालुकदार अड्डा खारेज भइसकेकाले गुठी संस्थानले उक्त विहार छेँ २५ वर्षका लागि निजी कम्पनीलाई भाडामा दिने निर्णय भएपछि स्थानीय असनवासी आन्दोलित भएका हुन् । हालै गुठी संस्थानले उक्त प्राचीन देव घर (छेँ) खाली गर्न सूचना जारी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार