होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराको जगन्नाथ गाउँपालिकाबाट विप्लव समूहका एकजना कार्यक्रता पक्राउ
Breaking News

बाजुराको जगन्नाथ गाउँपालिकाबाट विप्लव समूहका एकजना कार्यक्रता पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराको जगन्नाथ गाउँपालिकाबाट विप्लव समूहका एकजना कार्यक्रता पक्राउ

नागरिक रैबार/बाजुरा २४ असार । प्रहरीले बाजुराको जगन्नाथ गाउँपालिकाको जुड्डीबाट विप्लव समूहका एक जना कार्यक्रता पक्राउ गरको छ्. ।
मंगलबार प्रहरी नायक निरिक्षक शेरबहादुर कँुवर सहितको प्रहरीको  एलआरपी टोलीले जगन्नाथ गाउँपालिकाको वडा नं. २ जुड्डिबाट विप्लव समूहको गतिविधि बारे प्रचार–प्रसार गर्दै हिडिँरहेको अवस्थामा कालिकोट जिल्लाका विप्लव समूहका जिल्ला कमिटी सदस्य अनुरुप सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पक्राउ परेका विप्लव समूह कालिकोट जिल्ला कमिटी सदस्य सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा झिकाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक लोकेन्द्रसिंह गूरुले जानकारी दिएका छन् ।
सोमबार विहान मात्रै प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पछिल्लो समयमा विप्लव समूहको गतिविधि बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाजुराले कर्णाली प्रदेशको सिमानामा रहेका बाजुराको हिमाली, जगन्नाथ र स्वामीकार्तिक गाउँपालिकामा प्रहरीको सक्रियता उलेख्य मात्रामा बढाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै