होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • भरतपुर गोल्डकप मंगलबारदेखि
फुटबल

भरतपुर गोल्डकप मंगलबारदेखि

  • नागरिक रैबार
भरतपुर गोल्डकप मंगलबारदेखि

बैशाख २२, २०७६

‘सीएमएस भरतपुर गोल्डकप’ मङ्गलबारदेखि नारायणगढको क्याम्पाचौरमा शुरु हुने भएको छ । हरेक दिन एउटा खेल हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनुभयो ।

‘ए जे इन्टरनेशनल प्रालि’को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, थ्री स्टार क्लब, च्यासल युथ क्लब, सङ्कटा, जावलाखेल, विजय युथ क्लब हेटौँडा, चितवन– ११, वीरगञ्ज युथ एकेडेमी, नुवाकोट– ११ र झापा– ११ सहभागी हुने भूजेलले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सो प्रतियोगिताको विजेताले रु ६ लाख र उप–विजेताले रु तीन लाख पुरस्कार प्रदान गरिनेछ । चार विधाका सर्वोत्कृष्ट खेलाडीलाई जनही रु २० हजार, उत्कृष्ट खेलाडीलाई रु ४० हजार तथा म्यान अफ दी म्याचलाई रु १० हजार पुरस्कार दिइनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै