होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • रोचक
  • यी हुन् इतिहासका सबैभन्दा ठूला गल्ती
रोचक

यी हुन् इतिहासका सबैभन्दा ठूला गल्ती

  • नागरिक रैबार
यी हुन् इतिहासका सबैभन्दा ठूला गल्ती

१८ वैशाख, काठमाडौं

मानिसलाई गल्तीको पिण्ड पनि भनिन्छ । अर्थात् गल्ती र मान्छे एक आपसमा पर्यावाची नै हुन् । मान्छेले गल्ती नगर्ने भन्ने हुँदैन । तर कहिलेकाहीँ मान्छेले यस्तो गल्ती गर्दछ कि त्यसको असर भयानक हुन्छ अर्थात् इतिहासमै त्यो गल्तीलाई अभिशापको रुपमा चिनिन्छ । विश्वको इतिहासमा केही त्यस्तै चर्चित गल्तीहरु यी हुन् ।

· रुसका राजा अलेक्जेन्डर द्वितीयले सन् १८६८ मा अमेरिकालाई अलास्का बेचेका थिए । अलास्कालाई केवल हिउँले ढाकिएको क्षेत्र ठानेर केवल ७२ लाख डलरमा रुसी जारले अलास्का क्षेत्र अमेरिकालाई बेचिदिएका थिए । अलास्का खरीद गरेपछि अमेरिकाले त्यहाँ खोज तथा उत्खनन गर्यो । त्यसबाट अलास्कामा हजारौं करोडको सुनचाँदीलगायतका महँगा खनिज पदार्थ प्राप्त भयो । रुसी जारको अलास्का बेच्ने निर्णय इतिहासमा सबैभन्दा ठूलो गल्तीमध्ये एक अवश्य हो ।

विज्ञापन

· बेलायतको लण्डनस्थित वोकी टोकी भवनको निर्माणको समयमा सिभिल इन्जिनियरले यस्तो भयानक गल्ती गरे कि त्यसको असर निकै भयानक छ । इन्जिनियरिङ्ग गल्तीका कारण उक्त भवनको बाहिरी सिसामा ठोक्किएका सूर्यको किरण तीव्र गतिमा एकत्रित भएर जमिनमा ठोक्किन्छन् । जसका कारण उक्त भवन नजिकै पार्किङ्ग गरिएका कारहरु समेत तातोले पग्लिन्छन् । गल्तीका कारण यो भवन सीधा नभएर घुमाउरो बनेको छ । जसका कारण सूर्यको किरण ऐनामा जस्तै एकत्रित भएर जमिनमा परावर्तन हुन्छ ।

· यदि तपाईं इमेलको पूरानो प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई एक्साइट डट कमका बारेमा अवश्य पनि थाहा होला । किनकि जुन समयमा याहु विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन थियो, त्यस बेलामा एक्साइट दोश्रो ठूलो सर्च इन्जिनको रुपमा थियो । त्यसबेला एक्साइटका सीईओ जर्ज बेललाई गुगल खरीद गर्ने प्रस्ताव आएको थियो । त्यसबेला गुगलको मूल्य केवल ७५ लाख डलरको हाराहारीमा थियो । तर एक्साइटका सीईओले गुगल खरीद गर्न रुचि देखाएनन् । अहिले एक्साइटको नामो निसान छैन र गुगलको आधिपत्य र मूल्यका बारेमा त थाहै होला । त्यसैले गुगल खरीद नगर्ने एक्साइट सीईओ जर्ज बेलको निर्णय पनि इतिहासको ठूलो गल्ती मध्येको एक हो ।

· एप्पल कम्पनीका संस्थापक स्टीभ जब्स र स्टिभ ओज्बिनसँगै अर्का संस्थापक थिए रोन वायन । उनले सन् १९७६ मा आफूसँग रहेको एप्पलको १० प्रतिशत शेयर जम्मा ८ सय डलरमा बेचिदिए । समयक्रमसँगै एप्पलले चमत्कार गर्दै गयो । यदि अहिले वायनसँग त्यो १० प्रतिशत शेयर हुन्थ्यो भने उनी आफ्ना अरु संस्थापक जस्तै करोडपछि हुन्थे । तर ८ सय डलरमा शेयर बेच्दा उनको भागमा पछुतोबाहेक केही रहेन । एप्पलको शेयर बेच्ने वायनको त्यो निर्णय पनि दुनियाँका ठूला गल्ती मध्येको एक मान्नु पर्दछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार